सागको लोगो र मस्कट बोकेर मनास्लु हिडे प्रकाश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 13, 2019 | 04:41:53 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) को को लोगो र मस्कट अंकित व्यानर बोकेर हिमाल आरोही प्रकाशराज पाण्डे ‘किलर माउन्टेन’ को रुपमा चिनिने मनास्लु हिमालको आरोहणमा निस्किएका छन् । पाण्डेले उक्त व्यानर ८ हजार १६३ मिटर अग्लो मनास्लुको चुचुरोमा पुर्याउने छन् । 

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले पाण्डेलाई गत बिहिबार व्यानर हस्तान्तरण गरेका थिए ।

विजपाटीसँग कुरा गर्दै पाण्डेले भोली आधार शिविर पुग्ने बताएका छन् ।

रामेछापका २८ वर्षीय प्रकाशले विश्वको सर्वोच्च शिखर सगरमाथासहित अमादब्लम र आईल्यान्ड पिकको पनि सफल आरोहण गरिसकेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved