मन्त्री भट्टराईमाथि दुर्व्यबहार गर्ने ज्ञानेन्द्र शाही पत्रकारबाटै कुटिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 15, 2019 | 12:07:44 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई पर्खिदा प्लेन उडानमा १ घण्टा ढिला भएको भन्दै प्लेनभित्रै स्पष्टिकरण सोध्दै मन्त्रीलाई दुर्व्यबहार गर्ने ज्ञानेन्द्र शाही र पत्रकारबीच झडप भएको छ । आफूलाई भ्रष्टचार विरोधी अभियान्ता बताउने तर राजावादीको परिचयले चिनिने शाहीले ललितपुरमा गरेको पत्रकार सम्मेलनमा झडप भएको हो । शाहीले प्रश्नकर्तालाई अपशब्द प्रयोग गरेपछि झडप भएको हो ।

नेपालगञ्ज विमानस्थलमा पर्यटनमन्त्री भट्टराईमाथि अभद्रव्यवहार गरेका शाहीले ललितपुर पुगेर पत्रकार सम्मेलन गरेका थिए । सम्मेलनको समाचार संकलनका लागि पुगेका युट्युब सञ्चालकले शाहीको एसएलसीको प्रमाणपत्र नक्कली भएको, शाहीले आफ्नो नाम समेत नक्कली राखेको र अभियान्तालाई प्लेन चढ्ने भाडा कसरी आउँछ भन्दै प्रश्न गरेका थिए । तर शाहीले यी प्रश्नको जवाफ दिने क्रममा प्रश्नकर्तामाथि अपशब्द उत्पन्न विवादमा झडप भएको प्रहरीले जनाएको छ । 

झडप भएपछि प्रहरीले शाहीको उद्दार गरेको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved