मन्त्री भट्टराईले कति समय कुराएका थिएँ जहाजलाई ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 15, 2019 | 02:33:59 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईका कारण आफूहरु प्लेनमा १ घण्टा ढिलो उड्नु परेको भन्दै शनिबार केही यात्रु मन्त्रीमाथि आइलागे । आफूलाई सामाजिक अभियान्ता भन्ने ज्ञानेन्द्र शाहीसहितले मन्त्री भट्टराईलाई प्लेनभित्रै किन कुराएको भन्ने प्रश्न गर्दै गालीगलौज गरेको भिडियो सामाजिक सञ्जालमा पोष्ट गरे । अनेकौ गाली सुन्दा पनि मन्त्री भट्टराई चुप लागिरहे । आफू आउन केही मिनेट ढिला भएको स्वीकार गरे । तर हल्ला नरोक्किएपछि उनी चुप बसे । सुरक्षाकर्मीलाई पनि प्रतिवाद नगर्न भने । 

काठमाडौँ आइपुगेर मन्त्री भट्टराईले सामाजिक सञ्जालमा स्टाटस लेख्दै स्पष्टिकरण दिए । आफ्नो कारण जहाज १५ मिनेट ढिलो भएको तर आफू विरुद्ध नाराबाजी गर्नेले १ घण्टा ढिलो गराएको आरोप लगाएको भन्दै उनले दुखेसो पनि गरेका छन् । १ घण्टा कुराएको आरोप लाग्नु र मन्त्रीले १५ मिनेट मात्रै आफ्नो कारण जहाज रोकिएको दाबी गर्नुले दुईमध्ये एकले पक्कै झुट बोलेको हुनुपर्छ । 

बुद्ध एयर यसो भन्छः 

मन्त्री र मन्त्रीलाई आरोप लगाउने दुवै पक्षलाई बोकेर काठमाडौँ ल्याएको बुद्ध एयरले यसबारे केही बोलेको छैन । मन्त्रीले सामाजिक सञ्जालबाट दिएको स्पष्टिकरणमा ऐक्यवद्धता जनाउँदै बुद्धले भिडियोमा भनिएजस्तो मन्त्रीलाई १ घण्टा जहाजले नकुरेको बुद्धको प्रष्टिकरण छ । यद्यपी बुद्ध एयरलाईन्सले औपचारिक रुपमा विज्ञप्ति निकालेको छैन । मन्त्रीले स्पष्टिकरण दिएकोले विज्ञप्ति निकाल्न नपर्ने उसको बुझाई छ । 

बुद्ध एयरका कम्युनिकेसन म्यानेजर दीपेन्द्र कर्णले मन्त्रीको कारण उडानमा ढिलाई नभएको बताएका छन् । उनले शनिबारका सबैजसो उडान मौसमको खराबीका कारण केही ढिलो नै भएको भन्दै मन्त्रीको कारण उडान ढिलो भनेर हल्ला फैलाउनु गलत भएको प्रतिक्रिया दिए । केही मिनेटमा आइपुग्ने पूर्वसूचना अनुसार जहाजले मन्त्रीको टोलिलाई पर्खिएको तर बाहिर आएजस्तो १ घण्टा नै ढिला भने नभएको बुद्धका उच्च अधिकारीले बताएका छन् । 

विमानस्थलको प्रतिक्रिया यस्तो छः 

नेपालगन्ज विमानस्थल प्रमुख प्रेम ठाकुरले जहाज अवतरण र उडानको अवधि जम्मा १ घण्टा भएकाले मन्त्रीले १ घण्टा नै कुराए भन्नु गलत भएको बताए । उत्तः विमानस्लथमा बुद्धको जहाज शनिबार साँझ ६ः११ बजे मा अवतरण भएको थियो । ठाकुरका अनुसार जहाज अवतरण पश्चात यात्रु ओराल्न, फ्युल हाल्न र जहाज सफा गर्न करिब आधा घण्टा लागेको छ । 

‘साँझ ६ः४८ बजे यात्रुहरु विमानमा चढिसकेका थिए । मन्त्रीको टोली पनि विमानस्थल परिसरमै थियो, ठाुकरले भेन, ‘केही प्रक्रिया पूरा गर्दा ५÷७ मिनेट लाग्यो ।’ 

ठाकुरले जहाजमा चढिसकेका केही यात्रु जवर्जस्ती ओर्लिएर नाराबाजी गर्दा उडान ढिलो भएको बताए । विमानस्थलका कर्मचारीले ‘अब उडान भईहाल्छ, मन्त्रीको टिम आइसक्यो बस्नोस’ भन्दा ‘मन्त्रीको चम्चा’ भन्दै कर्मचारीलाई नै हप्काईएको विमानस्थल स्रोतले बताएको छ । जहाजबाट ओर्लिएर बाहिर निस्केर नाराबाजी गरिरहेका व्यक्ति फेरि जहाजमा बस्दा अर्को ७÷८ मिनेट लागेको ठाकुरको भनाई छ । 

साँझ ६ः५८ बजे मन्त्री भट्टराईको जहाज भित्र छिरेको थियो । तर जहाज भित्र पनि गालीगलौज गर्दै मन्त्रीविरुद्ध खनिए । त्यसपछि जहजा ७ः०६ बजे उड्यो । विमानस्थ प्रमुख ठाकुर मन्त्रीले लामो समय कुरायो भनेर गाली गर्नु बेकार रहेको बताउँछन् । मन्त्रीले सूचना दिएरै १० मिनेट पर्खन भनेको तर मन्त्री विरुद्धको नाराबाजीले अर्को १० मिनेट ढिला भएको विमानस्थलको भनाई छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved