हिरासतमा पुगे ज्ञानेन्द्र शाही, प्रहरीले दियो पक्राउ पुर्जी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 15, 2019 | 09:20:18 PM मा प्रकाशित

laxmi  sunrise bank

भ्रष्टाचार विरुद्धको अभियन्ता दाबी गर्दै हिड्ने ज्ञानबहादुर शाही उर्फ ज्ञानेन्द्र शाहीलाई ललितपुर प्रहरीले हिरासतमा लिएको छ। प्रहरीमाथी अभद्र व्यबहार गरेको भन्दै महानगरीय प्रहरी परिसर ललितपुरले शाहीलाई 'अभद्र व्यबहार' मुद्दामा अनुसन्धान गर्न हिरासतमा लिएको हो।

'हाम्रो प्रहरी टोलिमाथी अभद्र गरेपछी हामीले उनलाई जरुरी पक्राउ पुर्जी दिएर हिरासतमा लिएका छौं।'  ललितपुर परिसरको मुद्दा शाखाका डिएसपी सन्तोष तामाङले भने।

आइतबार अपरान्ह ललितपुरको पुल्चोकमा 'नेपालका लागि नेपाली' नामक अभियानको कार्यालयमा पत्रकार सम्मेलन गर्दै गर्दा झडप भएपछी सुरक्षा दिन गएको प्रहरीमाथि नै शाहीले अभद्र व्यवहार गरेका थिए।  

शनिवार साँझ नेपालगन्ज बिमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईमाथि दुव्र्यवहार गर्ने शाहीले शनिबार भएको घटनाबारे जानकारी दिने भन्दै आइतबार ललितपुरको पुल्चोकमा पत्रकार सम्मेलन गरेका थिए।

पत्रकार सम्मेलनमा खास पत्रकारहरुको भन्दा उपस्थित युटुबरहरुको प्रश्नको उत्तर दिन नसक्ने स्तिथि बनेपछि युटुबर र शाही समर्थक बीच हात हालाहाल भएको थियो । 

पक्राउ परेका शाहीले 'गैर सैनिक हवाई उडान (सिभिल एभियसन) ऐन २०१५' को ९(क) १ को घ बमोजिमको कसुर गरेको भन्दै अर्को छुट्टै मुद्दा समेत लगाउने प्रहरीले तयारी गरेको स्रोतको दावी छ। उक्त मुद्दामा १० देखि २० बर्षसम्म कैद र आरोपीको सम्पुर्ण सम्पत्ति जफत हुने कानुनी ब्यबस्था छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved