वायुसेवा सञ्चालक संघले भन्यो, ‘मन्त्री भट्टराईमाथिको दुर्व्यबहार कानुन विपरित’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 16, 2019 | 09:39:36 AM मा प्रकाशित

laxmi  sunrise bank

वायुसेवा सञ्चालक संघले पर्यटनमन्त्री योगेश भट्टराईमाथि विमानभित्रै भएको घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । बुद्ध एयरको उडानमार्फत गत शनिबार नेपालगञ्जबाट काठमाडौँ आउन लाग्दा मन्त्रीले जहाजलाई कुराएको भन्दै सामाजिक अभियान्ता भनिने ज्ञानेन्द्र शाहीसहित केही यात्रुले मन्त्री भट्टराईमाथि गालीगलौज गरेका थिए ।

दिनभरको कार्यब्यस्तताको बाबजुत पनि पूर्व सूचना दिएर केही समय मात्रै ढिला गरि विमानमा पुगेका मन्त्रीमाथि दुर्व्यबहार हुनु दुर्भाग्यपूर्ण रहेको संघको ठहर छ । उक्त हुलहुज्जत अन्तराष्ट्रिय मान्यता र नेपालकै पनि उड्ययन सुरक्षा नियमावलीमा भएको प्रावधान विपरित रहेको भन्दै संघका प्रवक्त योगराज कँडेल शर्माद्वारा जारी गरिएको विज्ञप्तिमा आपत्ति जनाईएको छ । 

हेर्नुहोस् विज्ञप्तिः 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved