पर्यटनमन्त्री भट्टराईलाई गाली गर्ने ज्ञानेन्द्र शाही थुनामुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 16, 2019 | 11:20:07 AM मा प्रकाशित

laxmi  sunrise bank

आफूलाई भ्रष्टाचार विरोधी सामाजिक अभियान्ता बताउने ज्ञानेन्द्र शाही थुनामुक्त भएका छन् । नेपालगञ्ज विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले जहाजलाई समयमै उड्न नदिएको आरोप लगाउँदै अभद्र व्यवहार गरेको भिडियो सार्वजनिक गर्ने शाहीलले सोबारे स्पष्टिकरण दिन आइतबार पत्रकार सम्मेलन आयोजना गरेका थिए । तर पत्ररकार सम्मेलनमै प्रश्न गर्ने प्रश्नकर्तालाई अपशब्द बोलेको भन्दै शाहीमाथि केही युट्युबरहरु जाइलागेका थिए । 

त्यसपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । ललितपुर प्रहरी परिसरकी एसपी दुर्गा सिंहले शाहीलाई अब आइन्दा अभद्र व्यवहार नगर्ने सर्त सहित हिरासतबाट मुक्त गराईएको बताईन् । 

शाहीसहितका केही युवाले गत शनिबार मन्त्री भट्टराईका कारण नेपालगञ्ज विमानस्थलबाट विमान उड्न १ घण्टा ढिला भएको भन्दै विमानभित्रै गालीगलौज गरेका थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved