नागढुंगामा सुरुङ बनाउन सम्झौता हुदै, थानकोटबाट १० मिनेट मै नौबिसे

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 17, 2019 | 11:10:54 AM मा प्रकाशित

laxmi  sunrise bank

 नागढुंगा–नौबिसे सुरुङमार्ग निर्माण हुने भएको छ । सुरुङ निर्माण गर्न बुधबार सरकार र जापानी कम्पनी हाज्मा÷आन्द्रो जेभीबीच सम्झौता हुँदैछ । सडक विभागका बैदेशिक समन्वय महाशाखा प्रमुख अर्जुनजंग थापाले जापानी कम्पनीसँग बुधबार सम्झौता गर्न लागिएको जानकारी दिए ।

यो सुरुङमार्ग जापानको सहुलियतपूर्ण ऋणमा निर्माण गर्न  लागिएको हो । सुरुङमार्ग निर्माणका लागि पाँच चिनियाँ र एक जापानी कम्पनीको प्रस्ताव परेको थियो । हाज्मा÷आन्द्रो जेभीले करिब १३ अर्ब रुपैयाँमा सुरुबमार्ग निर्माण गर्नेछ । 

मोविलाइजेसन पेस्की, ठेक्का पुरा गर्ने अवधि, निर्माण उपकरण, बैंक ग्यारेन्टी लगायतमा सरकार र जापानी  कम्पनीबीच सम्झौता हुँदैछ । हाज्मा बिपी राजमार्ग निर्माण गर्ने कम्पनी हो । सुरुङमार्गका लागि बुधबार सम्झौता भए पनि निर्माण कार्य भने मंसिरपछि मात्र सुरु हुनेछ । उक्त अवधिसम्म ठेकेदारले निर्माण उपकरण ल्याउने र सरकारले साइट क्लियर गर्नुपर्ने हुन्छ । यो सुरुङ मार्ग निर्माण गर्न २०७३ सालमै ऋण सम्झौता भएको थियो । जापानले यो आयोजनाका लागि करिब १६ अर्ब २८ करोड रुपैयाँ सहुलियत ऋण दिएको छ । काठमाडौं उपत्यका प्रवेश गर्ने मुख्य नाकाको रुपमा रहेको नागढुंगाको ठाडो उकालो, साँघुरो सडक छल्न यो सुरुङमार्ग निर्माण गर्न लागिएको हो ।

यो सुरुङमार्ग सञ्चालनमा आएपछि थानकोटबाट १० मिनेटमा नौविसे पुग्न सकिनेछ ।यो सडकले नागढुंगाबाट घुमेर जानुपर्ने बाटोको समय कम्तीमा ३० मिनेट समय बचत गर्नेछ । सडकको लम्बाई ८  किलोमिटर कम हुनेछ । दहचोकदेखि–सिस्ने खोलासम्म सुरुङको लम्बाई २.६८८ किलोमिटर किलोमिटर र चौडाई ९.५ मिटर तथा उचाई १८ मिटर हुनेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved