बायुसेवामा कर्मचारी सञ्चय कोषको लगानी पूर्ण सुरक्षित : प्रमुख प्रशासक गौतम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 17, 2019 | 03:24:56 PM मा प्रकाशित

laxmi  sunrise bank

कर्मचारी सञ्चय कोषले गत असार मसान्तसम्म ३ खर्ब ४५ अर्बको वित्तीय कोष संचालन गरेको छ। ६ लाख भन्दा बढी सञ्चयकर्ताबाट सञ्चित उक्त  रकमलाई सफलतापुर्वक ब्यवस्थापन गरिरहेको कोषका प्रशासक तुलसी गौतमले कोषको ५८ औं वार्षिकोत्सको अवसरमा जानकारी दिए। 

कोषले व्यवस्थापन गरेको रकम मध्ये ९८ प्रतिशत अर्थात ३ खर्ब ३८ अर्ब ६ करोड  रुपैयाँ विभिन्न क्षेत्रमा लगानी रहेको छ। कुल लगानी मध्ये  ५३ प्रतिशत सञ्चयकर्ता सापटीमा, १६ प्रतिशत विभिन्न परियोजना कर्जामा, २३ प्रतिशत बैंक तथा वित्तीय संस्थाको मुद्धति निक्षेपमा र ८ प्रतिशत अन्य विविध क्षेत्रमा लगानी रहेको छ। 

गत आर्थिक वर्षको अन्त्य सम्ममा कोषले सञ्चयकर्ताको ब्याज र कोषको संचालन खर्च कटाएर ऋण तथा अन्य लगानीबाट २९ अर्ब ५३ करोड आम्दानी गरेको छ। उक्त अवधिमा कोषले ३ अर्ब ७५ करोड खुद नाफा कमाएको छ । 

कोषले गत वर्षबाट निजामती किताबखाना, महालेखा नियन्त्रकको कार्यालय र नेपाल दूर सज्धार कम्पनी लिमिटेडसँग भएका समझदारी सम्झौता कार्यान्वयन गरेको छ। नेपाल क्लियरिङ हाउससँग सहकार्य गरी कोषबाट प्रवाह हुने सापटी र भुक्तानीलाई चेक रहीत बनाएको र यो ब्यवस्थालाई चालू आर्थिक वर्षभित्र कोषका सबै कारोबारमा कार्यान्वयनमा ल्याउने गौतमले बताए।

गौतमकाअनुसार कोषले शेयरमा लगानी गरेको कम्पनीको संख्या २० पुगेको छ। गत वर्ष नेपाल बैंक र धितोपत्र विनीमय बजार सहीत ४ वटा थप नयाँ कम्पनीमा लगानी गर्दै शेयरमा लगानी भएको कम्पनीको संख्या २० पुगेको हो। 

यस्तै कोषले नेपाल सरकारको जमानतमा नेपाल वायु सेवा निगममलाई प्रवाह गरेको कर्जा पुर्ण रुपमा सुरक्षित रहेको र कोषको निष्कृय कर्जा अत्यन्तै न्युन रहेको गौतमको दाबि छ।

कोषले चालु आर्थिक वर्षमा बैंकहरुको सहवित्तीयकरणमा दुई ठुला परियोजनामा लगानी गर्ने निर्णय भईसकेको र केही परियोजनमा लगानी गर्ने छलफल भइरहेको उनले जानकारी दिए। यस्तै कोषले वित्तीय क्षेत्रमा देखिएको तरलता अभाव समाधानको लागि सरकारी ऋणपत्रमा रहेको १२ अर्ब ५० करोडको लगानी दोस्रो बजार मार्फत विक्रि गरेर दिर्घकालिन मुद्धति निक्षेपमा राखेको उनले बताए। यसबाट कोषको प्रतिफलमा समेत वार्षिक ७५ करोडले वृद्धि भएको उनको भनाई छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved