भारतीयलाई नेपाली नागरिकता दिने ११ जना पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 17, 2019 | 07:33:09 PM मा प्रकाशित

laxmi  sunrise bank

 जिल्ला प्रहरी कार्यालय झापाले किर्ते तथा अनियमितता गरी नागरिकता बनाउने कार्यमा संलग्न भएको आरोपमा आज पाँच जनाको नाम सार्वजनिक गरेको छ भने दुई जनप्रतिनिधिको नाममा पक्राउ पुर्जीसमेत जारी गरेको छ । 

गैर नेपालीलाई नागरिकता दिनका लागि सिफारिस गरेको आरोपमा बिर्तामोड नगरपालिका–८ का वडाध्यक्ष अजय कार्की र भद्रपुर नगरपालिका–९ का वडाध्यक्ष सनिलाल राजवंशीसमेतलाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ पुर्जी काटेको हो । जनप्रतिनिधिसहित कर्मचारीको मिलेमतोमा १६ जना गैर नेपालीलाई नेपाली नागरिकता दिएको आरोपमा प्रहरीले यसअघि पाँच जनालाई पक्राउ गरेको छ ।

 गैर नेपालीलाई नेपाली नागरिकता दिने कार्यमा ४६ जना संलग्न रहेको बताइए पनि प्रहरीले दुई वडाध्यक्षसहित ११ जनालाई गत भदौ १३ गते पक्राउ पुर्जी जारी गरेको थियो । प्रहरीले जनप्रतिनिधिसहित जिल्ला प्रशासन कार्यालय झापाका अधिकृत गौरव ढुङ्गेल, नायब सुब्बा मेघराज निरौला, प्रशासकीय अधिकृत चूडाराज भट्टराई, टोली प्रमुखद्वय नारायण काफ्ले र चिरञ्जीवी अधिकारी, विर्तामोड–८ का तत्कालीन सचिव लोकराज बराल, भद्रपुर–९का वडा सचिव अरुणा भट्टराई, तत्कालीन बाहुनडाँगी र शरणामती गाविसका सचिव भवकृष्ण न्यौपानेलाई पक्राउ पुर्जी जारी गरेको थियो । सो लगत्तै प्रहरीले घटनामा संलग्न कर्मचारीद्वय तेजिन्द्र न्यौपाने र लोकराज बराललाई पक्राउ गरिसकेको छ । 

घटनामा संलग्न रहेको भन्दै बिर्तामोड नगरपालिका–५ का टेकबहादुर गुरुङ, भद्रपुर–१० का प्रेम तिम्सिना र भीमबहादुर लिम्बूसमेतलाई प्रहरीले यसअघि नै पक्राउ गरेको छ । विर्तामोड नगरपालिका–८ का अध्यक्ष कार्की राप्रपाबाट निर्वाचित भएका हुन् भने भद्रपुर–९ का अध्यक्ष नेकपाका कार्यकर्ता हुन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved