आजबाट बिपी राजमार्गमा गाडी चलाउँदा सडक दस्तुर तिर्नु पर्ने, बाइकलाई कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 18, 2019 | 06:47:14 AM मा प्रकाशित

laxmi  sunrise bank

अब बिपी राजमार्गमा सवारी चलाउदा सडक दस्तुर तिर्नु पर्ने भएको छ । सडक बोर्ड नेपालले आज असोज १ गतेदेखि लागु हुने गरि बिपी राजमार्गमा सडक दस्तुर उठाउने निर्णय गरेको हो ।

जस अनुसार अब धुलिखेलदेखि खुर्कोटसम्मको खण्डमा भारी सवारी साधन (बस, मिनिबस, ट्रक, मिनीट्रक र हेभी मशिनरी)ले १२५ रुपैयाँ तिर्नु पर्ने छ । त्यस्तै हलुका सवारी साधन ( कार, जिप, पिकअप, भ्यान, र ट्रयाकटर) ले ५० रुपैयाँ तिर्नु पर्ने छ । तिनपांग्रे टेम्पो र मोटरसाइकलले १५ रुपैयाँ तिर्नु पर्ने छ ।

यस्तै खुर्कोट-सिन्धुली-बर्दिवास सडक खण्डमा भारी सवारी साधन (बस, मिनिबस, ट्रक, मिनीट्रक र हेभी मशिनरी)ले ११५ रुपैयाँ तिर्नु पर्ने छ । त्यस्तै हलुका सवारी साधन ( कार, जिप, पिकअप, भ्यान, र ट्रयाकटर) ले ४५ रुपैयाँ तिर्नु पर्ने छ । तिनपांग्रे टेम्पो र मोटरसाइकलले १५ रुपैयाँ तिर्नु पर्ने छ ।

बिपी राजमार्गमा पहिलो पटक सडक दस्तुर उठाउन थालिएको हो । यसबाट उठेको रकम सडक मर्मतको लागि प्रयोग गरिने बोर्डले जनाएको छ  ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved