खाद्यान्न अभाव जिल्लामा दुई करोड बढीको मदिराको कारोवार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 18, 2019 | 09:41:09 AM मा प्रकाशित

laxmi  sunrise bank

गरीबिको हिसाबले सबैभन्दा पछाडि रहेको बाजुरामा एक महीनामा रु दुई करोडभन्दा बढीको मदिरा कारोवार भएको छ । वर्षैपिच्छे खाद्यान्न अभाव खेपिरहने जिल्लामा एक महीनामा रु दुई करोडभन्दा बढी मदिराको कारोवार हुने गरेको उद्योग वाणिज्य सङ्घको तथ्याङ्कमा उल्लेख छ ।

उद्योग वाणिज्य सङ्घका कार्यालय सचिव टेकबहादुर धामीका अनुसार रु डेढ करोडदेखि दुई करोडसम्मको मदिरा यसै महीनामा मात्रै कारोवार भएको बताए । व्यावसायिक प्यान नम्बर लिएका मदिरा पसलबाट न्यूनतम एक महीनामा रु दुई करोडभन्दा बढी मदिरा खपत भएको र त्योसँगै लाखौँका स्थानीयवासीद्वारा उत्पादन गरिएको अवैध मदिरा पनि बिक्री हुने गरेको उनको भनाइ छ ।

मदिरा पसलको कारोवारका लागि जिल्लाभरि ८४१ ले अनुमतिपत्र प्यान नम्बर लिएको कोष तथा लेखा नियन्त्रण कार्यालयको तथ्याङ्क छ । मदिरा पसल नवीकरणबाट यो असोजसम्ममा गत वर्षको रु ३५ लाखभन्दा बढी राजश्व सङ्कलन हुने निमित्त कोष तथा लेखा नियन्त्रक धनबहादुर थापाले जानकारी दिए ।

आठ सय ४१ मदिराका पसलमध्ये १२ पसल मात्रै भ्याटमा दर्ता छन् भने बाँकी सबै पसल प्यानमा कारोवार गरिरहेका जनाइएको छ । जिल्ला सदरमुकाम मार्तडीपछिको ठूलो व्यापारी केन्द्र कोल्टी बजारमा मदिराका थोक बिक्रेता मङ्गल थापाका अनुसार मासिक रु ३० देखि ४० लाखसम्मको मदिरा बिक्री गर्ने गरेको बताए।

जिल्ला प्रहरी कार्यालयले गत वर्ष असोजदेखि हालसम्म करीब १५ हजार लिटर घरेलु मदिरा जफत गरेर नष्ट गरेको जनाएको छ । घरेलु मदिरा उत्पादन गर्न सबैजसो खाद्यान्नको बनाउने गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए । जिल्लाका स्थानीय तह त्रिवेणी नगरपालिका, बूढीगङ्गा नगरपालिका, हिमाली गाउँपालिका र जगन्नाथ गाउँपालिकाले मदिरा निषेध गरेको छ भने गौमुल गाउँपालिकाले मदिरा सेवन बन्द नगरे पनि व्यवस्थापन गरेर मदिरा सेवन कार्ड प्रयोग गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved