जेष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिन नेपाल एयरलाइन्स तयार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 18, 2019 | 10:22:21 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारी स्वामित्वको नेपाल वायुसेवा निगम ७० बर्ष नाघेका जेष्ठ नागरिकहरुलाई हवाई भाडामा ५० प्रतिशत छुट दिन तयार भएको छ । निगमका सहप्रवक्ता सुलेख मिश्रले आन्तरिक उडानमा सरकारले जेष्ठ नागरिकलाई ५० प्रतिशत सहुलियत गर्ने भनेसँगै निगमले ७० वर्ष नाघेका जेष्ठ नागरिकलाई उक्त सहुलियत दिने निर्णय गरेको जानकारी दिए । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईले आफ्नो १ वर्षे कार्ययोजना सार्वजनिक गर्दै ७० वर्षमाथिका जेष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट दिने बताएका थिए । मन्त्रीले आफ्नो योजनामा यसरी छुटको प्रवन्ध मिलाउनेपछि निजी क्षेत्रका वायु सेवा प्रदायक कम्पनीहरुले विरोध जनाएका थिए । तर वायुसेवा सञ्चालक संघको साधारणसभामा मन्त्री भट्टराईले सबै पक्षसँग छलफल गर्ने भनेपछि उनीहरु पनि केही लचिलो बनेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved