मुक्तिनाथबाट उडेको हेलिकप्टर खेतमा अवतरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 18, 2019 | 01:40:17 PM मा प्रकाशित

laxmi  sunrise bank

मुस्ताङबाट तीर्थयात्री बोकेर पोखरा उडेको हेलिकोप्टर म्याग्दीको रघुगंगामा आपतकालिन अवतरण गरिएको छ । हेलिकप्टर रघुगंगा गाउँपालिका–२ राखुस्थित धानखेतमा आकस्मिक अवतरण गरिएको छ । 

खराब मौसमका कारण एयर डाइनेस्टिकको उक्त हेलिकोप्टर धानखेतमा अवतरण गरिएको हो । पाइलट अर्जुन मल्ल र मुक्तिनाथ तीर्थयात्रामा गएका पाँचजना भारतीय नागरिक हेलिकोप्टरमा सवार थिए । सवार सबै यात्रु सकुशल छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved