बडा दशैं, तिहार र छठपर्वको हार्दिक मंगलमय शुभकामना




बिजपाटी सम्बाददाता     Sep 19, 2019 | 06:49:08 AM



संघीय संसद्को चालू अधिवेशन आज बिहीबारबाट टुंगिँने भएको छ । चालू अधिवेशन वैशाख १६ गतेबाट सुरु भएको थियो । यस अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत, बजेट पारित तथा केही महìवपूर्ण विधेयक पारित गरेको छ । 

तर एक वर्षअघिदेखि संसद्मा अड्किएको नागरिकता विधेयक र बिमा सम्बन्धि विधयेक  अघि बढ्न कम्तीमा अर्को तीन महिना कुर्नुपर्ने भएको छ  ।  अधिल्लो अधिवेशनमा पनि बिमा सम्बन्धि विधयेक टुंगो लाग्न सकेको थिएँन  । व्यापक विरोध भएपछि यसै अधिवेशनमा पेश भएको गुठी विधेयक सरकारले फिर्ता नै गरेको छ।

संसद अधिवेशन अन्त्य हुन् लागेकोले सभामुख कृष्णबहादुर महराले बिहीबार शून्य तथा विशेष समयको कार्यक्रम नहुनेबारे जानकारी दिएका छन् । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7