नेशनल माइक्रोफाइनान्सले ८० प्रतिशत लाभांश दिने, बोनस कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 19, 2019 | 09:37:46 AM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल माइक्रोफाइनान्सले लाभांश घोषणा गरेको छ । कम्पनीको बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष ७५/७६ सम्मको मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो

जस अनुसार कम्पनीले लगानीकर्तालाई ७५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद गरि कुल ८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले ७५ प्रतिशतले हुन् आउने ११ करोड ३१ लाख ६२ हजार २ सय ५० रुपैयाँ बराबरकोको बोनस शेयर र कर प्रयोजनको लागि समेत ५ प्रतिशतले हुन् आउने ७५ लाख ४४ हजार १ सय ५० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । हाल कम्पनीको चुक्ता पुंजी १५ करोड ८ लाख ८३ हजार रहेको छ






Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved