अलकत्रापनि विदेशबाट आउँछ,आयात बढ्यो भनेर सरकारलाई गालि किन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 19, 2019 | 12:28:00 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा युबराज खतिवडाले आयात बढेको भनेर गलत टिकाटिप्पणी गर्नेप्रती असन्तुष्टि जनाएका छन। एकातर्फ विलासिताका बस्तु आयात गर्ने र अर्कोतर्फ आयात बढ्यो भन्दै हिड्ने प्रवृति सहि नभएको भन्दै अर्थमन्त्री खतिवडाले आयात बढ्यो भनेर सरकारलाई धारे हात लाउन नहुने बताएका छन।

अलकत्रादेखि हवाइजहाजसम्म आयात हुने हाम्रो मुलुकमा आलाप गरेर मात्रै बस्न नहुने भन्दै अर्थमन्त्री खतिवडाले भने, ‘आदर्श अर्थमन्त्री भएको भए जे पनि गर्नसक्थेँ होला तर अर्थतन्त्रको समस्याहरुलाई हामीले बुझ्नुपर्छ'।   

त्रिपुरेश्वरस्थित भञ्सार विभागको भवन उद्घाटन कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले कुल ग्राहस्थको ५२ प्रतिशत लगानी विकासमा भएको र   पुंजी र बस्तु पनि विदेशकै भएकाले आयात बढी देखिएको बताए। 

'१६/१७ खर्ब मध्ये लगानीको लागि चाहिने कच्चापदार्थ, प्रविधि विदेशबाट ल्याउनुपर्छ' अर्थमन्त्री खतिवडाले भने, 'त्यसैले ८/९ खर्ब त अनिवार्य आयात नै हुन्छ, १० खर्ब नै पुग्ला, त्यसैले हामीले आयात नियन्त्रण गर्ने भनेको ४/५ खर्बको आयातमध्ये मात्रै हो, यो ४-५ खर्बबाट सुनचाँदी आयत भएको छ, त्यो सम्पति हो।'

पेट्रोलियम पदार्थ र बिद्युत आयात बाध्यता भएको भन्दै पछि विस्तारै आयात कम हुने अर्थमन्त्री खतिवडाले बताए। पहिलो बर्ष कृषिमा आधारित बस्तु आयात न्यूनीकरणमा सरकारले ध्यान दिएको भन्दै अब बिद्युत र पेट्रोलियम आयात कम गर्ने तर्फ आफुहरु लागेको उनले बताए।       

बिगतमा व्यापार भएन भनेर नेपालले लिएको कुल्ला ब्यापार तथा आर्थिक उदारीकरणको नीति लिइएको तर त्यसले ठुला मुलुकले फाइदा उठाएपनि नेपाल जस्ता देशले फाइदा लिन नसकेको अर्थमन्त्री खतिवडाको भनाई छ। 

कारोबार मुल्यको आधारमा भन्सार निर्धारण 

अर्थमन्त्री खतिवडाले कारोबार मुल्यको आधारमा भन्सार निर्धारण गर्न सकिने भएपनि त्यसमा केहि समस्या रहेको बताएका छन। ९० प्रतिशत आयात भन्सार मुल्यमा नै छ तर १० प्रतिशत कसरि हुन्छ भन्ने थाहा छैन। 

कारोबार मुल्यमा भन्सार निर्धारण गर्दा नेपाल अन्य मुलुकमा नबिकेको सामान फाल्ने 'डम्पिङ साइड' बन्ने सक्ने भएकाले त्यसलाई ख्याल गररे पनि केहि बस्तुमा कारोबार मुल्यको आधारमा भन्सार निर्धारण गर्न नसकिने उनले बताए। कारोबारको मुल्यमा भन्सार निर्धारण नगरिएका त्यस्ता बस्तु एक दर्जन मात्रै भएको उनले बताए।  

कतिपय बस्तुको खुद्रा बजार मुल्य धेरै बढी हुने तर आयात गर्दा धेरै छुन हुन जाने र कम मुल्यमा नै सामान ल्याउन सकिने भएकाले मुल्य भन्दा भन्सार बढी तिर्नु पर्ने अवस्था देखिएको उनले बताए। मुल्य भन्दा भन्सार बढी तिर्नुपर्दा त्यसले उपभोक्ता मारमा पर्ने देखिन्छ भन्दै यो अवस्थालाई कसरि समायोजन गर्न सकिन्छ त्यसबारे समन्वय गर्नलाई खतिवडाले भन्सारका अधिकारिलाई निर्देशन दिएका छन। 

त्यस्तै भन्सारमा कडाई गर्नलाई सोचेजस्तो सजिलो नभएको अर्थमन्त्री खतिवडाले स्पष्ट पारे। नेपाल अन्तराष्ट्रिय ब्यापारका लागि बिभिन्न फोरममा सदस्य रहेकाले भन्सारमा कडाइ गर्नुपर्ने बस्तुमा पनि कडाइ गर्न नसकिएको अर्थमन्त्री खतिवडाको भनाइ छ।   


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved