थप २ उद्योग निजि क्षेत्रलाई, कर्मचारीलाई नेपाली पोशाक अनिवार्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 19, 2019 | 01:05:05 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा. युवराज खतिवडाले थप २ उद्योग निजि क्षेत्रलाई दिने तयारी गरेको बताएका छन् । मन्त्री खतिवडाले सरकारको लगानी रहेको बुटवल धागो कारखाना र हेटौडा कपडा कारखाना नीजी क्षेत्रलाई लिजमा दिने प्रक्रिया सरकारले अन्तीम चरणमा पुर्याएको बताएका हुन। 

उनले सार्वजनीक खरिद ऐन संशोधन गर्दा स्वदेशी उत्पादनको प्रयोगलाई अनिवार्य बनाउने पनि बताएका छन् । नेपाल धागो उत्पादक संघले काठमाडौंमा आयोजना गरेको यार्न एण्ड टेक्टाइल एक्सपोको उद्घाटन गर्दै उनले अस्पताल, सुरक्षाकर्मी र सरकारी कर्मचारी लगायतले लगाउने पोशाक स्वदेशी  नै हुनु पर्ने गरी ऐन संशोधन गरिने बताएका हुन्।  

उनले युवाहरु उत्पादनमा लागे सरकारले अनुदान दिन कुनै लोभ नगर्ने बताए । उनले अबका दिनमा उत्पादनमा लाग्ने युवाले अनुदान पाएनौ भन्ने अवस्था नआउने  दावी गरे ।  तर युवालाई अनुदान भन्दैमा उपभोगमा पनि अनुदान नखोज्न आग्रह गर्दै उपभोगमा सरकारले अनुदान नदिने प्रस्ट पारे । उनले चार्डपर्व मनाउँदा नेपाली उत्पादनको प्रयोग गर्न समेत आग्रह गरे । 

सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत एक दर्जन औद्योगिक बस्तुमा आत्मनिर्भर बनाउने लक्ष्य लिएकोले यसमा  युके ऐड र सक्षमले सहयोग गरिरहेको बताए । मन्त्री खतिवडाले भने ‘खाद्यान्न जन्य, उर्जा जन्य, औषधि जन्य र क्रमशः कामका अवसमा पनि आत्मनिभएर हुने भनेका छौं ।’  

उनले देश आत्मानिर्भर भएपछि हामीले कमसल बस्तु उपभोग गर्दै छौ भन्ने अनुभूति उपभोक्तालाई हुनु नहुने बताए । उनले भने ' आत्मनिर्भर प्रतिस्पर्धात्मक भएर विश्वका गुणस्तरीय बस्तुको उत्पादन गर्न सक्षम भएर हामीले कमसल बस्तु उपभोग गर्दै छौ भन्ने अनुभुति उपभोक्तालाई हुन हुँदैन ।'  

हामी २१ औ सताब्दीमा रहेको बताउँदै अर्थमन्त्री खतिवडाले भने 'हामीले आधुनीक समय सुहाउँदो रहन सहन, खानपान गर्नुपर्ने हुन्छ । त्यसको लागि प्रतिस्पर्धी ढंगबाट उद्योग चलाउन सेकेमा आत्मनिर्भरको जिवन यापन गर्न सकिन्छ ।' त्यसको लागि व्यवसायीले उद्यमीशिलाता, अनुसन्धान र नयाँ सम्भावनाको खोजी गर्नुपर्ने र त्यसलाई सुरुको अवस्थामा सहयोग पनि गर्ने र व्यावसाय गर्ने वातावरण बनाउने काम सरकारको भएको उनले बताए । 

कपडा, कपास उद्योग लगायत रेसाजन्य बस्तुमा केही समय राज्यले संरक्षण नदिने हो भने अन्तराष्ट्रिय ब्यापारको प्रतिस्पर्धामा अघि बढ्न नसक्ने उनले बताए।   सरकारले अलिकति ढिलै भएपनि अनुदानको कुरा अगाडी बढाएको उनको भनाई छ । विद्युतमा राहत दिने, ब्याजमा सहुलियत दिने कुराहरुमा सरकार प्रतिवद्ध रहेको भन्दै यसलाई कार्यन्वयनमा ल्याउने आश्वसन समेत उनले दिए ।

विहिबारबाट भृकुटीमण्डपमा सुरु भएको एक्सपो ५ दिन सम्म चल्नेछ । अर्थमन्त्रीकै उपस्थितिमा आयोजक र युके एड बीच आगामी एक वर्षमा  ४ हजार नेपालीलाई तालिम दिने र तालिम पाएकालाई संघले रोजगारी दिने गरी सम्झौता भएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved