अमेरिकी राष्ट्रपति ट्रम्पसहित विभिन्न देशका प्रमुखद्वारा संविधान दिवसको शुभकामना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 20, 2019 | 08:52:00 AM मा प्रकाशित

laxmi  sunrise bank

संविधान दिवसका अवसरमा भारत, अमेरिका र स्विट्जरल्यान्डका राष्ट्रपतिले नेपाल र नेपालीलाई शुभकामना दिएका छन् । 

भारतका राष्ट्रपति रामनाथ कोविन्दले राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत शुभकामना सन्देश पठाउँदै भारत र भारतीय जनताको तर्फबाट संविधान दिवसको शुभकामना भनेका छन् । सन्देशमा राष्ट्रपति कोविन्दले नेपाल र भारत साझा भूगोलले मात्र नभई इतिहास, सभ्यता, संस्कृति र जनता जनताबीचको सम्पर्कले जोडिएको उल्लेख गरेका छन् ।


कोविन्दले नेपालको भ्रमण गर्न आफूलाई राष्ट्रपति भण्डारीबाट प्राप्त निमन्त्रणाप्रति आभार व्यक्त गर्दै उपयुक्त समयमा नेपालको भ्रमण गर्न आफू प्रतीक्षारत रहेको बताएका छन् । 

यसैगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संविधान दिवसको शुभकामना दिँदै अमेरिका र नेपालबीचको सात दशक लामो सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन् । ट्रम्पले स्वतन्त्र एवं सार्वभौम नेपालको विकास तथा समृद्धिका लागि अमेरिका सहयोग गर्न दृढ रहेको बताएका छन् । 

संविधान दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै स्विस महासङ्घका राष्ट्रपति विली माउररले स्विस सङ्घीय परिषद् र स्विटजरल्यान्डका जनताका तर्फबाट नेपाल, नेपाली जनताको उज्ज्वल भविष्यको कामना गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved