एनआरएनएको महासचिवमा डा. शर्माको उम्मेद्वारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 20, 2019 | 01:52:56 PM मा प्रकाशित

laxmi  sunrise bank

गैह्र आवासीय नेपाली संघ (एनआरएनए) को महासचिवमा डा. हेमराज शर्माले उम्मेदवारी घोषणा गरेका छन् । बिहीबार साँझ अल्डरसटमा पत्रकार सम्मेलन गरी गैर आवासीय नेपाली संघका सल्लाहकार एवं युनिभर्सिटी अफ लिभरपुलका सहप्राध्यापक डा. शर्माले उम्मेदवारी घोषणा गरेका हुन् ।

विधान समितिका संयोजक शर्माले एक्जुकेटिभ पदमै काम गर्ने सोच बनेर उम्मेदवारी दिने निर्णय गरेको जनाएका छन् । एकेडेमिक करिअरसंगै सोसाइटीसंग जोडिरहने आफ्नो इच्छा भएको भन्दै उनले कार्यकारी पदमा आफ्नो आकांक्षा रहेको बताएका छन् । 

पत्रकार सम्मेलनमा शर्माले आफ्नो ७ निर्देशक सिद्धान्त प्रस्तुत गर्दै प्रतिवद्धता सार्वजनिक गरे । उनले सबैको एनआरएनए, सवल र बहुआयामिक एनआरएनए, स्मार्ट एनआरएनए, परिणाममुखी एनआरएनए, दिगो एनआरएनए, सिप, ज्ञान र नवप्रवर्धनका लागि एनआरएनए र उत्तरदायी र पारदर्शी एनआरएनए आफ्ना सिद्धान्त रहेको सार्वजनिक गरे । 

गैर आवासीय नेपाली संघको नवौं विश्व सम्मेलन आउँदो १५ देखि १७ अक्टोबरसम्म काठमाडौंमा हुँदैछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved