राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका पूर्व संयोजक महन्थ ठाकुरले सरकारले संविधान संशोधन नगरे मधेश छुट्टै देश बन्नसक्ने चेतावनी दिएका छन् । शुक्रबार जनकपुरमा आयोजित एक कार्यक्रममा उनले वर्तमान संविधान राम्रो नभएको भन्दै मधेश अगल देश हुन सक्ने चेतावनी दिएका हुन् ।
मधेशी, थारु, आदिवासीका अधिकार खोसिएका छन् । त्यसैले अहिलेको संविधान हाम्रो होइन’ नेता ठाकुरले भने, ‘यस्तै रहेमा हामी मधेशलाई अलग देश पनि बनाउन सक्छौँ ।’