पशुपति क्षेत्रस्थित बज्रघर अघि बम फेला परेको छ । शुक्रबार अपरान्ह बम फेला परेको हो ।
बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए । बम निस्क्रिय बनाएपछि पशुपति क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइ बम राख्ने समूहको खोजी भइरहेको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ । संविधान एवं राष्ट्रिय दिवसका दिन आज सार्वजनिक बिदा भएकाले पशुपति क्षेत्रमा भक्तजनको उल्लेख्य उपस्थिति थियो ।
पशुपति मन्दिरमा विशेष चाड पर्व नपरेका दिन पनि कम्तीमा २० हजार भक्तजन आउने गरेको कोषले जनाएको छ । बेलुकी वाग्मती सन्ध्या आरतीमा भक्तजनको विशेष भीड लाग्ने गर्छ ।