संविधान दिवस: टुडिखेलमा हर्षोल्लास, १ किलोमिटर पर 'कालो दिन' (फोटोफोचर)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 20, 2019 | 07:21:23 PM मा प्रकाशित

laxmi  sunrise bank

संविधान दिवसको अवसरमा कतै हर्षोल्लासका दिपवासी गरिएको छ भने कतै कालो दिन मनाउने भन्दै ब्ल्याक आउट गरिएको छ । यस्तै दृश्य राजधानी मै देखियो ।

पाँचौँ संविधान तथा राष्ट्रिय दिवसका अवसरमा सरकारले नेपाली सैनिक मञ्च, टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रम राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायधीश, राष्ट्रिय सभा अध्यक्ष सहित विशिष्ट व्यक्तिहरु सहभागी रहे । सरकारले काठमाडौँमा रहेका सम्पूर्ण सरकारी कर्मचारीलाई अनिवार्य उपस्थितिको लागि आह्वान गरेको थियो । राष्ट्रिय झन्डालाई विशेष महत्व दिएर, दिपावली नै गर्न सरकारले आग्रह गरेको थियो  ।

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनका सन्दर्भमा कोही पनि पक्ष वा प्रतिपक्षमा विभाजित हुन नसक्ने बताए । संविधान कार्यान्वयनका क्रममा कुनै अप्ठ्यारो आइलागे क्रमशः पन्छाउँदै परिमार्जन गर्न सकिने पनि बताए ।

प्रधानमन्त्री ओलीले यसो भनिरहँदा टुडिखेल भन्दा १ किलोमिटर मात्रको दुरीमा रहेको बसन्तपुर दरबार स्क्वायर क्षेत्रमा भने फरक दृश्य थियो  । बसन्तपुरमा अखिल नेपाल जनजाती महासंघ, केन्द्रीय समितिले संविधानको विरोध प्रदर्शनको कार्यक्रम राखेको थियो  । कार्यक्रममा सहभागीहरुले सरकारले आह्वान गरेको जस्तै छातीमा झन्डा भएको रिशर्ट लगाएका थिए, तर कालो रङ्गको  । रिशर्टमा लेखिएको थियो 'मुटु माथि झण्डा राखी रुनु पर्या छ'  । यस विरोध प्रदर्शनमा अधिबक्ता विकास ठाकुर समेत सहभागी थिए  । ठाकुर तिनै अधिवक्ता हुन्, जसले लोक सेवाले निकालेको विज्ञापन समावेशी भएन भनेर सर्वोच्चमा मुद्दा दायर गरेका थिए  ।

बिरोध सभालाई सम्बोधन गर्दै उनले संबिधानका करिब ८० धारा संविधानको प्रस्तावनासँग नै मेल नखाने भएकोले तिनलाई संसोधन नगरेसम्म संविधान सर्वस्वीकार्य नहुने बताए  । विरोध प्रदर्शनको क्रममा प्रहरीले केहिलाई पक्राउ समेत गरेको छ  

हेर्नुस बसन्तपुरमा भएको विरोध प्रदर्शन : 








टुडिखेलको कार्यक्रम:







Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved