संविधान दिवसमा ४ बैंकर र दर्जन व्यवसायी विभूषित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 20, 2019 | 08:11:36 PM मा प्रकाशित

laxmi  sunrise bank

संविधान दिवसको अवसरमा एक दर्जनभन्दा बढि उद्योगी, व्यापारी, व्यवसायी तथा बैंकर मानपदवी, अलंकार र पदकबाट विभुषित भएका छ्न। सरकारले उनीहरुलाई संविधान दिवसको अवसरमा विभूषित गरेको हो। 

सरकारले हवाई दुर्घटनामा मृत्यु भएका स्वर्गीय आङछिरिङ शेर्पालाई सबै भन्दा ठुलो पदवी सुप्रसिद्ध प्रवल जनसेवाश्री प्रथम श्रेणीबाट विभूषित गरेको छ। शेर्पा यति एयरलाइन्स तथा हिमालय एयरलाइन्सका सञ्चालक थिए। त्यस्तै सरकारले हेलिकप्टर दुर्घटनामा मृत्यु भएका तत्कालिन पर्यटनमन्त्री रविन्द्र अधिकारीलाई महाउज्जवल प्रथम श्रेणी दिने निर्णय गरेको छ।   

त्यस्तै नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकार्जी श्रेष्ठलाई सुर्कीर्तिमय राष्ट्रदीप द्धितीय श्रेणी प्रदान गरिएको छ भने उद्योगपति अशोककुमार अग्रवाल, उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणा, आईएमई समुहका अध्यक्ष चन्द्र ढकाल कीर्तिमय राष्ट्रदीप चतुर्थबाट सम्मानित भएका छन। 

यातायात व्यवसायी महासंघका अध्यक्ष योेगेन्द्र कर्माचार्य, महासचिव सरोज सिटौलालाई पनि यहि पदक प्रदान गरिएको छ। त्यस्तै यातायात व्यवसायी पुण्यप्रसाद सिटौलाले नेपाल प्रताप सुभुषण प्राप्त गरेका छन। 

त्यस्तै एनआईसी एसिया बैंकको सीईओ रोशन न्यौपानेले पनि कीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणी हात पारेका छन् । पदक पाउने सुचीमा सेन्चुरी बैंकका मार्केटिङ म्यानेजर रञ्जन खड्का पनि छन।

त्यस्तै नेपाल बैंक अध्यक्ष वासुदेव अधिकारी, एभरेष्ट बैंकका नायव प्रबन्धक रामराजा उप्रेती, कर्मचारी सञ्चय कोषका प्रशासक तुलसी गौतम लगायतका व्यक्तिहरु समेत समानित भएका छन।        


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved