नेकपाले टुंग्यायो ६ वटै महानगरका अध्यक्ष र सचिव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 21, 2019 | 06:33:18 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शनिबार बसेको सचिवालय बैठकले ६ वटै महानगरको अध्यक्ष र सचिवको टुंगो लगाएको छ। महानगरको अध्यक्ष र सचिवको टुंगो लगाएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।  

उनका अनुसार काठमाडौं महागरपालिकाको अध्यक्षमा निर्मल देउवा र सचिव रविन्द्र श्रेष्ठ चयन भएका छन् । ललितपुरको अध्यक्षमा मञ्जरी कायश्थ र सचिव ज्ञानेन्द्र शाक्य तथा पोखराको अध्यक्षमा दिपक कोइराला सचिव विश्वप्रकाश लामिछाने चयन भएका छन् । भरतपुर महानगरको अध्यक्षमा रामप्रसाद न्यौपाने र, सचिव ईश्वर सापकोटा, वीरगञ्जको अध्यक्षमा रहबर अन्सारी र सचिव विश्वम्भर शर्मा तथा विराटनगर महानगरको अध्यक्षमा सागर थापा र सचिवमा हेम कार्की चयन भएका छन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved