अझै केही दिन वर्षा हुने, यी स्थानमा सुरक्षा खतरा !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 22, 2019 | 11:03:20 AM मा प्रकाशित

laxmi  sunrise bank

जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश भेगमा अझै केही दिन वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले वर्षाले सामान्य खोला तथा खोल्साहरुमा पानीको बहाव बढ्न सक्ने भन्दै सचेत हुन भनेको छ ।

पूर्वका ईलाम, पांचथर, झापा, मोरङ, सुनसरी, धनकुटा, उदयपुर र प्रदेश २ का सबै जिल्लामा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेश ३ का सिन्धुली, मकवानुर, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, चितवन, धादिङसहित प्रदेश ५ का दाङ, बांके, बर्दिया, प्यूठानमा पनि वर्षा हुने जनाईएको छ । याी सँगै कर्णालीका रोल्पा, सल्यान, सुर्खेत भई बहने साना नदीमा बहाव बढ्ने भन्दै सचेत रहन महाशाखाले आग्रह गरेको छ । 

आइतबार र सोमबार कन्काई, कोशी, कमला र बागमती नदीमा पानीको बहाव बढ्ने विभागको अनुमान छ । महाशाखाले पहाडी भूभागमा पहिरो जान सक्ने र नदीहरुमा पानीको वहाब बढ्न सक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved