दशैँका लागि राजधानी बाहिरिने सर्वसाधारणका लागि बसको अग्रिम टिकट बुकिङ खुला भएपछि टिकट काउण्टरमा अत्याधिक भिड लागेको छ । टिकट बुकिङ गर्न नयाँ बसपार्क, कलंकी, बल्खु, चाबहिल, कोटेश्वर, लगनखेल, स्वयम्भू लगायतका स्थानमा भएका बसका टिकट काउन्टरमा बिहान ३ बजेदेखि नै सर्वसाधारण लाइन लागेका छन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले सातदोबाटो, कोटेश्वर, गौशाला, जोरपाटी, पुरानो बसपार्क, स्वयम्भू, कलंकी, नागढुंगा र सुन्धारामा नागरिक सहायता कक्षा स्थापना गरिनेछ । असोज १० गतेबाट उपत्यकाका १३ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिने भएको हो ।
टिकट बुकिङ खुला भएको आज दोस्रो दिन हो ।