यस्ता छन् सरकारको चाडपर्व लक्षित सुरक्षा योजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 23, 2019 | 12:03:52 PM मा प्रकाशित

laxmi  sunrise bank

दशैँ, तिहार र छठ पर्व नजिकिएसँगै सरकारले सुरक्षा योजना बनाउन थालेको छ । सोमबार प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा सुरक्षा योजनाबरो जानकारी दिन पुगेका गृहमन्त्री रामबहादुर थापाले राजमार्ग र सहायक राजमार्गमा यात्रु सहायता कक्ष स्थापना गर्ने, टिकटमा कालोबजारी र कृत्रिम अभाव हुन नदिने दाबी गरेका हुन् । 

गृहमन्त्री थापाले सुनाएका योजनाः

१) भौतिक पूर्वाधार मन्त्रालयसँग मिलेर भत्केका सडक सुधार गर्ने

२) सर्वसाधारणको घुँइचो लाग्ने धार्मिक स्थलहरुमा विशेष सुरक्षा व्यवस्था गर्ने 

३) भारतबाट दशैं मान्न घर फर्किने नेपालीलाई सहयोग गर्न सीमा क्षेत्रमा सहायता कक्ष सञ्चालन गर्ने 

४) विभिन्न राजमार्ग र सहायक राजमार्गहरुमा यात्रु सहायता कक्ष स्थापना गर्ने

५) विभिन्न खालका अप्रीय घटना हुन नदिन सुरक्षा प्रबन्ध गर्ने 

६) राजधानी बाहिरिने सर्वसाधारणका लागि सहज तवरले टिकटको प्रवन्ध गर्न सहजिकरण गर्ने

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved