धेरै शुल्क लिएका मेडिकल कलेजलाई पैसा फीर्ता गर्न १ महिनाको अल्टिमेटम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 23, 2019 | 04:28:17 PM मा प्रकाशित

laxmi  sunrise bank

एमबीबीएस अध्ययनका लागि तोकिएको भन्दा धेरै शुल्क उठाउने मेडिकल कलेजले एक महिना भित्र विद्यार्थीलाई पैसा फिर्ता गर्नुपर्ने भएको छ । सरकारले पैसा फीर्ता नगर्ने मेडिकल कलेजलाई कडा कारवाही गर्ने निर्णय गरेको छ । 

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रि गिरिराजमणि पोखरेलको विशेष पहलमा सोमबार गृह मन्त्रालयमा बसेको बैठकमा गृहमन्त्री रामबहादुर थापा पनि सहभागी थिए । एमबीबीएस अध्ययनका लागि काठमाडौं उपत्यका भित्र ३८ लाख ५० हजार र उपत्यका वाहिर ४२ लाख ५० हजार लिन पाउने सरकारी सिमा रहेपनि केही कलेजले त्योभन्दा धेरै शुल्क लिएको भन्दै विद्यार्थीहरु आन्दोलित भएका छन् । 

यदि अटेर गरि पैसा फीर्ता नगरेमा जिल्ला प्रशासन कार्यालय मार्फत कारवाही प्रक्रिया अघि बढाउने निर्णय गरेको शिक्षा विज्ञान तथा प्रविधी मन्त्री पोखरेलका स्वकीय सचिव पुरन केसीले जानकारी दिएका छन् । 

बैठकमा गृह सचिव प्रेमकुमार राई, शिक्षा सचिव महेश दाहाल, चिकित्शा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरी, त्रिविका उपकुलपति प्राडा. सुधा त्रिपाठी, त्रिवि आइओएमका डिन जगदीश अग्रवाल, काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिसीनका डिन राजेन्द्र कोजु लगायत सहभागी थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved