घटस्थापनामा सार्वजनिक बिदाको माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 24, 2019 | 08:44:29 AM मा प्रकाशित

laxmi  sunrise bank

क्षत्री समाज नेपालले बडादशैँको पहिलो दिन घटस्थापनामा सार्वजनिक बिदा दिन माग गरेको छ । समाजले सोमबार गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवर, प्रदेश सभामुख नेत्रनाथ अधिकारी, उपसभामुख सिर्जना शर्मा र प्रमुख जिल्ला अधिकारी रमेशबहादुर केसीलाई भेटेर बिदाको माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।

घटस्थापनाको दिनलाई राष्ट्रिय पर्वका रूपमा सम्मान गरी उक्त दिन सार्वजनिक बिदा दिन समाले माग गरेको छ । क्षत्री समाज नेपाल गण्डकी प्रदेशका अध्यक्ष बेनीबहादुर बस्नेतले परम्पराले नै मुलुकको अस्तित्व जोगिने भन्दै बिदा दिन माग गरिएको बताएका छन् । गण्डकी प्रदेशका नौ जिल्लामा क्षत्री समाजले गतवर्ष देखि कट्टा गरिएका दशैँ बिदाको दिनलाई पुनःस्थापित गराउन माग गरेको छ । 

ज्ञापनपत्र बुझ्दै गण्डकी प्रदेश प्रमुखलगायतले दशैँको शुभारम्भको दिन सार्वजनिक बिदा माग गर्नु जायज रहेको भन्दै यस विषयलाई सम्बन्धित निकायसम्म पुर्याउने बताएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved