दशैँको लागि रुट परमिट खुल्ला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 24, 2019 | 08:28:07 PM मा प्रकाशित

laxmi  sunrise bank

दसैंका लागि सर्वाजनिक यातायाता सञ्चालन गर्न रुटपरमिट नचाहिने भएको छ । यातायात व्यवस्था विभागले असोज १२ गतेदेखि १९ गतेसम्मका लागि रुट परमिट खुल्ला गरेको हो । विभागका महानिर्देशक गोगनबहादुर हमालले उपत्यकाबाट बाहिरने यात्रुलाई सहज रुपमा गाउँ फर्किने वातावरण मिलाउन रुट परमिट खुल्ला गरिएको जानकारी दिए ।

‘दसैंमा धेरै यात्रु काठमाडौंबाट बाहिरिन्छ । सवारी साधन कम हुँदा यात्रु गन्तव्यसँग पुग्न सक्दैन,’ ‘यो समयमा छोटो दुरीमा खाली गुड्नुपर्ने सवारी साधनको प्रयोग लामो दुरीको लागि गर्न लागिएको हो।’ दसैंमा काठमाडौं उपत्यका प्राय सुन्सान हुन्छ । काठमाडौं उपत्यकाको जनसंख्या करिब ६० लाख पुगेको अनुमान छ । यसमा आधा भन्दा धेरै मानिस दसैं मनाउनका लागि आफ्नो गृह जिल्ला फर्कनछन् । यस्तो समयमा काठमाडौंका सार्वजनिक यातायातले यात्रु पाउँदैन । यी यातायातलाई अन्य जिल्लामा सहज रुपमा गाडी सञ्चालन गर्न विभागले रुट परमिट खुल्ला गरेको हो । यो व्यवस्थाका कारण सवारीकै अभावका कारण यात्रु घर जानबाट वञ्जिन हुनुपर्ने अवस्था नआउने विभागको भनाइ छ ।

त्यस्तै ट्राफिक व्यवस्थापनमा समस्या ल्याउने भएकोले यही अवधिसम्मको लागि काठमाडौं भित्रने मल्टी एक्सल ट्र्याक्टर टेलर (ठूला मालवाहक) लाई चितवनको नारायणगदेखि आवागमनमा रोक लगाइने हमालले जानकारी दिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved