म्यानपावर व्यवसायी संघमा बिष्णु प्रसाद गैरे

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 25, 2019 | 06:55:52 AM मा प्रकाशित

laxmi  sunrise bank

बैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा पहिलो पटक नेपाली कांग्रेसले क्लीनस्वीप गरेको छ । मंगलबार भएको निर्वाचनमा कांग्रेस निकट १७ जना उम्मेद्वारहरु विजयी भएका छन् । 

बुधबार बिहान घोषणा भएको मतपरिणम अनुसार बिष्णु प्रसाद गैरेले ३३० मत प्राप्त गर्दै अध्यक्षमा विजयी भएका छन् । उनले आफ्ना प्रतिद्वन्दी नेकपा निकट प्रगतिशिल समूहका सरोज कुमार पोखरेललाई ४८ मतले पछि पारे । 

संघको प्रथम उपाध्यक्षमा कमल तामाङ, द्वितीय उपाध्यक्षमा कमल देव मल्ल र तृतीय उपाध्यक्षमा किशोर कुमार केसी विजयी भएका छन् । महासचिवमा सुजित श्रेष्ठ विजयी भएका छन् । संघको सचिवमा घनाथ भुर्तेल, कोषाध्यक्षमा इन्दिरा गुरुङ विजयी भएका छन् । 

६५८ मतदाता कम्पनीहरु रहेको संघको निर्वाचनमा ६२१ मत खसेको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved