लुटेराहरुको समुहलाई नियन्त्रणमा लिन धुनषामा प्रहरीले गोली चलाएको छ। प्रहरीले जानकी उपमहानरपालिका २ मा बिहीबार बिहान लुटपाट गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गर्न गोली चलाएको हो ।
गोली प्रहार गरेर प्रहरीले ४ जना लुटेरा पक्राउ गरेको हो । पक्राउ पर्नेमा रौतहटका विनोद प्रसाद सिंह, रौतहट कै गगन पटेल, भारत सितामढीका मोहम्मद अलिया र सितामढी कै मुजिर अन्सारी रहेका छन्। प्रहरीको गोली लागेर सिंह घाइते समेत भएका छन् ।
जानकी उपहानगरपालिका २ मा रहेको जानकी फर्निसङिमा ताला फोडेर लुट्दै गरेको अवस्थामा दशैंको सुरक्षाका लागि परिचालन गरिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुको साथबाट प्रहरीले एक थान कटुवा पेस्तोल र दुई थान गोली पनि बरामद गरेको छ।