अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीसँग नेपालको खबरबारे जानकारी लिएका छन् । राष्ट्रसंघको ७४ औं महासभामा भाग लिन न्युयोर्क पुगेका परराष्ट्रमन्त्री ज्ञवालीसँगको भेटमा ट्रम्पले नेपालको खबर के छ भनेर प्रश्न गरे ।
रात्रिभोजमा सरिक हुने क्रममा भएको संक्षिप्त भेटमा ट्रम्पले नेपालको वर्तमान स्थितिबारे जिज्ञासा राखेका हुन् । प्रत्युत्तरमा मन्त्री ज्ञवालीले नेपालको पछिल्लो अवस्थाबारे जानकारी गराए । ट्रम्पले आपसी सहयोग र सहकार्यमा अमेरिका तत्पर रहेको बताएका छन् ।
७२ औँ महासभामा विश्वका १ सय ९० मुलुकका राष्ट्र एवं सरकार प्रमुख, तथा मन्त्रीहरु सहभागी छन् । महासभा बैठकमा नेपालले शुक्रबार सम्बोधन गर्ने पालो छ ।