उपनिर्वाचनमा २१ नयाँ दल, कुन पार्टीको चुनाव चिन्ह के ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 26, 2019 | 01:53:50 PM मा प्रकाशित

laxmi  sunrise bank

निर्वाचन आयोगले आगामी मंसीर १४ गते हुने उपनिर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दललाई चुनाव चिन्ह प्रदान गरेको छ । रिक्त रहेको प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा स्थानीय तहका विभिन्न पदमा हुन लागेको उपनिर्वाचनको लागि आयोगले असोज ८ को बैठकमार्फत दलहरुलाई चुनाव चिन्ह दिने निर्णय गरेको हो ।

आयोगले नेपालको संविधानको धारा २७१, राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दल दर्ता गरी निर्वाचन चिन्ह प्रदान गरेको हो । संविधानको धारा २६९ बमोजिम आयोगमा दर्ता कायम भएका, २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तह सदस्यको पदका लागि निर्वाचनमा दर्ता नभएका, एकीकरण भएका, नाम परिवर्तन भएका र २०७४ सालको निर्वाचनपछि दर्ता भएका दलहरूलाई उपनिर्वाचनको लागि चुनाव चिन्ह दिएको छ । 

उपनिर्वाचनका लागि २१ राजनीतिक दल आयोगमा दर्ता भएका छन् । आयोगमा साझा पार्टी, नेपाल कम्युनिष्ट पार्टी (ने क पा), राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक), राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त), नेपालवाद, राष्ट्रिय नागरिक पार्टी, जनमत पार्टी (जपा), नेपाल लोकतान्त्रिक पार्टी, समाजवादी पार्टी, संघीय खम्बुवान लोकतान्त्रिक पार्टी नेपाल, नेपाली काँग्रेस (वी.पी.), इतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपाल, आमूल परिवर्तन मसिहा पार्टी नेपाल, मंगोल नेशनल अर्गनाइजेशन, नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नामका राजनीतिक दल दर्ता छन् ।

उपनिर्वाचनको लागि असोज ७ गतेसम्ममा नाम दर्ताको समय तोकिएको थियो ।

कुन दलको चुनाव चिन्ह के ?


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved