कृषि विकास बैंकको ५ करोड चोरी प्रकरणमा थप ३ जना पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 27, 2019 | 02:34:56 PM मा प्रकाशित

laxmi  sunrise bank

कृषि बिकास बैंकको रकम चोरी प्रकरणमा थप तीन जना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाले कंचनपुरबाट यज्ञराज भट्ट, पर्वतबाट मालतीदेवी न्यौपाने र काठमाडौं बसपार्कबाट पर्वतका गणेशप्रसाद बस्याल पक्राउ परेका हुन्  

यस प्रकरणमा प्रहरीले बिहिबार स्याङ्जाबाट रामकृष्ण भुसाललाई पक्राउ गरेको थियो । उनको बयानको आधारमा थप ३ जना पक्राउ परेका हुन् ।  यस संगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या १६ पुगेको छ ।

कंचनपुरबाट पक्राउ परेका भट्टको कृषि बिकास बैंक कंचनपुर शाखामा रहेको खातामा ४५ लाख र पर्वतबाट पक्राउ परेका न्यौपानेको कृषि बिकास बैंककै पर्वत शाखामा २८ लाख रुपैयाँ ट्रान्सर्फमर भएको देखिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved