नागढुङ्गाको जामबारे गृह मन्त्रालयमा आकस्मिक बैठक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 27, 2019 | 04:25:00 PM मा प्रकाशित

laxmi  sunrise bank

गृहमन्त्री रामबहादुर थापाले नागढुङ्गा–नौबीसे सडकखण्डमा भएको ट्राफिक जाम हटाउन निर्देशन दिएका छन् । शुक्रबार काठमाडौँका ट्राफिक प्रमुखहरुलाई मन्त्रालयमा बोलाएर मन्त्री थापाले आवश्यक सबै व्यवस्था गरेर उक्त सडकखण्डको जाम हटाउन निर्देशन दिएका हुन् ।

बैठकमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआईजी शैलेस थापा क्षेत्री, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भिम ढकाललाई मन्त्री थापाले बोलाएर यस्तो निर्देशन दिएका हुन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved