बस दुर्घटना, ७ जनाको अवस्था चिन्ताजनक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 28, 2019 | 08:27:34 AM मा प्रकाशित

laxmi  sunrise bank

बैतडीमा शनिबार बिहान बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय पाटनका प्रहरी नायब निरीक्षक वीरभद्र खडायतका अनुसार महेन्द्रनगरबाट मेलौलीका लागि छुटेको महाकाली यातायातको ना ४ ख ४०१९ नम्बरको बस बैतडीको पाटन–मेलौली सडकखण्डको पाटन ६ लोर्खामा बिहान ३ बजे दुर्घटनामा परेको हो ।

बसका चालक फरार छन् । बसमा ३० जना यात्रु सवार रहेका थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved