युवा उद्यमी पाण्डे सिटिजन्स बैङ्कको संचालक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 28, 2019 | 11:41:13 AM मा प्रकाशित

laxmi  sunrise bank

युवा उद्यमी प्रवलजङ्ग पाण्डे सिटिजन्स बैङ्क इन्टरनेसनल Citizens Bank International Limited  को संचालकमा चुनिएका छन्। यसअघि इन्टरनेसनल लिजिङ एन्ड फाइनान्स कम्पनी (आईएलएफसी) मा पनि संचालक भइकेका पाण्डे पहिलो पटक बैङ्कको संचालकमा चुनिएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यकारीणी सदस्य समेत रहेको पाण्डेलाई शुक्रबार बसेको बैंकको साधारणसभाले बैङ्कको संचालकमा चुनेको हो । उनको कार्यकाल ४ वर्षको हुने छ । 

उत्पादनमुलक उद्योगमा सत्रिय रहेका पाण्डेले पछिल्ला केही वर्षयता बैङ्क तथा वित्तीय संस्थामा समेत आफ्नो उपस्थिति बढाउँदै लगेका छन। खासगरी सिमेन्ट, औषधिलगायतका क्षेत्रमा पाण्डेको उपस्थिति छ भने विभिन्न बैङ्क, बिमा कम्पनीमा पनि उनको लगानी छ । 

उत्पादनमुलक उद्योगबाट मात्रै देशको आर्थिक विकास हुने विश्वास लिएका पाण्डेले उत्पादनमुलक उद्योगलाई मात्रै बढावा दिँदै आएका छन् । उनी कसमस सिमेन्टमा समेत संचालक छन। इस्टन कसमसमा पनि संचालककै भूमिकामा छन् । त्यसैगरी लोमस फर्मास्यूटिकल्समा पनि उनको भूमिका संचालककै छ। त्यसैगरी निजी क्षेत्रबाट सञ्चालित डाटा हबमा पनि पाण्डे आवद्ध छन् । बैङ्क तथा वित्तीय क्षेत्रका साथै निजी क्षेत्रको सम्पूर्ण डाटा यहाँ राखिन्छ । 

त्यसैगरी, फर्चुना ग्रुपमा पनि पाण्डे डाइरेक्ट छन् । फर्चुना ग्रुपले औषधिको प्याकिङ सामग्री उत्पादन गरिरहेको छ । इन्जिनियरीतर्फ (ब्याचलर अफ इन्जिनियरीङ) अध्यापन सकेका पाण्डे लामो समयदेखि उत्पादन मुलक उद्योगको प्रवद्र्धन र यही क्षेत्रको विकासमा लागेका छन् । 

एक वर्ष अघि मात्रै उनकै सक्रियतामा फर्मा प्याक उद्योग सञ्चालनमा ल्याएका छन् । देशभित्र ठूलो परिमाणमा औषधि प्याक गर्ने प्याकेजिङ सामग्री विदेशबाट आउने गरे पछि आयात प्रतिस्थापन गर्न उनले औषधिलाई आवश्यक पर्ने प्याकेजिङ सामग्री स्वदेशमै उत्पादन गर्न थालेका हुन् । हाल उनको उत्पादन नेपालमा रहेका विभिन्न औषधि उद्योगले लिइरहेका छन्, भने विदेशबाट आयात हुन समेत कम भइरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved