जनकपुर हिडेका गृहमन्त्री थापा रामेछाप पुगेर फर्किए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 28, 2019 | 12:11:34 PM मा प्रकाशित

laxmi  sunrise bank

जनकपुर हिडेका गृहमन्त्री राम बहादुर थापा मन्थली पुगेर फीर्ता भएका छन् । उनी सवार नेपाली सेनाको हेलिकप्टर मौस खराबीको कारण उड्न नसकेपछि आकस्मिक अवतरणका लागि रामेछापस्थित मन्थली विमानस्थल पुगेको थियो । 

सुरक्षा गोष्ठिमा भाग लिन काठमाडौंबाट जनकपुर जाने क्रममा मौसम बिग्रिएपछि मन्त्री थापा सवार हेलिकप्टर शनिबार बिहान मन्थली विमानस्थलमा आकास्मिक अवतरण गराइएको थियो । नेपाली सेनाको एमआई–१७ माफृत उडेका मन्त्री थापा केही घण्टा मन्थली बसेर काठमाडौँ फर्किएका हुन् । मौसममा सुधार नभएपछि मन्त्री थापासहित गृह सचिव प्रेम कुमार राई काठमाडौँ फर्किएका हुन् । 

केहीबेर मन्थली रहँदा मन्त्री थापाले पार्टीका जिल्ला नेता तथा कार्यकर्तासँग भेटघाट गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved