पत्रकारसँग न्याय माग्नुपर्ने ठाउँमा छौं

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 28, 2019 | 02:56:55 PM मा प्रकाशित

laxmi  sunrise bank

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जालमा विना गल्ती आलोचना खेप्नु परिरहेको बताएका छन् । शनिबार आयोजित कार्यक्रममा पूर्वप्रधामन्त्री समेत रहेका प्रचण्डले सामाजिक सञ्जालमा हुँदै नभएको विषयमा आलोचना खेप्नु परेको भन्दै दुख व्यक्त गरे । 

‘फेसबुक हेरौं भन्यो हेर्नै नसकिने हुन्छ, आफैंमाथि खनिएको हुन्छ’ उनले भने । भारतीय विदेशमन्त्री जयशंकर नेपाल आउँदाको घटना सम्झिदै भ्रचण्डले भने, ‘हामी भेट्ने वाला थियौँ, पूर्वप्रधानमन्त्री हुनुको नाताले मैले या त हामी कहाँ आउँदा हुन्छ, या जहाँ बसेको त्यो भन्दा अर्को होटलमा सजिलो हुन्छ भने । मिल्न नसकेपछि भेट भएन । तर खुसुक्क बालुवाटारमा भेट्यो भनेर आयो । मैले भेटेकै होइन । होईन भन्न खोज्यो, कोही सुन्नेवाला छैन ।’

यस्ता कुरा चिर्न मिडियाले मात्रै सक्ने तर नेताहरु नै प्रतिकार गर्छु भनेर फिल्डमा उत्रेर नसक्ने प्रचण्डको भनाई छ । उनले भने, ‘त्यसकारण नेताहरुको पिर मर्काबारे पनि सोचिदिने हो कि भनेर पत्रकारसँग न्याय माग्नुपर्ने ठाउँमा छौं ।’

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved