दशैँ सुरु, आज जमरा राखिँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 29, 2019 | 07:45:15 AM मा प्रकाशित

laxmi  sunrise bank

बडादशैं आजबाट सुरु भएको छ । दशैँको पहिलो दिन आज घर घरमा जमरा राखेर घटस्थापना गरिँदैछ । आज घर घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गर्ने प्रचलन छ । 

घटस्थापनाको साइत आज बिहान १०ः३५ मा शुभ रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमका अनुसार गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा नदी वा चोखो ठाउँबाट बालुवा वा माटो ल्याई जौ छरेर विधिपूर्वक जमरा राखिन्छ ।

यसपाली दशैंको टीका असोज २१ गते मंगलबार छ । टीको दिन बिहान ८ः४५ बजे देवी विसर्जन र १०ः३५ बजे टीकाको शुभ साइत रहेको पञ्चांग निर्णायक समितिले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved