दशैँ र तिहारको बिदामा सरकारी स्वास्थ्य संस्था खुल्ला रहने भएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दशैं र तिहारको बिदामा सरकारी स्वास्थ्य कार्यालय खुल्ला राख्ने व्यवस्था मिलाउन स्थानीय निकायलाई भनिसकेको छ ।
सामान्य प्रशासन मन्त्रालयका शाखा अधिकृत जगतप्रसाद भुसालले विज्ञप्ति जारी गरि महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई दशैँ तिहारको सार्वजनिक बिदामा स्वास्थ्यसेवा यथावत् राख्ने प्रवन्ध मिलाउन भन्दै ११ बुँदे आग्रह जारी गरिएको छ ।
मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको आग्रहमा सबैै अस्पताल, अस्पतालका फार्मेसी तथा एम्बुलेन्स २४ सैँ घण्टा सञ्चालनको व्यवस्था मिलाउन भनिएको छ ।