नेपाल दक्षिण एशियाकै पहिलो खुल्ला दिसामुक्त राष्ट्र घोषणा हुँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 30, 2019 | 07:20:54 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल आज दक्षिण एशियाकै पहिलो खुल्ला दिशामुक्त राष्ट्र घोषणा हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मध्यान्ह खानेपानी मन्त्रालयले आयोजना गर्ने एक कार्यक्रमका बीच ‘खुला दिसामुक्त राष्ट्र तथा पूर्ण सरसफाइतर्फ अग्रसर नेपाल’ घोषणा गर्न लागेका हुन् । 

सरकारले २०६८ देखि खुला दिसामुक्त क्षेत्र घोषणा शुरु गरेको हो । २०६९ मा कास्की जिल्ला नेपालको पहिलो खुला दिसामुक्त जिल्ला घोषणा भएको थियो ।

अहिले देशका करिब सबैजसो घरमा सरसफाइको आधारभूत सुविधा तथा शौचालयको पहुँच पुगेको राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समिति सचिवालयले जनाएको छ । देशभर कूल ५६ लाख ६० हजार २१४ घरधुरीमा शौचालय निर्माण भएको मन्त्रालयले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved