अर्थमन्त्री युवराज खतिवडाको पद धरापमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 30, 2019 | 09:10:17 AM मा प्रकाशित

laxmi  sunrise bank

चौतर्फी दबाबपछि प्रधानमन्त्री केपी शर्मा ओली अर्थमन्त्री फेर्ने निर्णयमा पुगेका छन। अर्थमन्त्री डा. युवराज खतिवडाको गतिविधिका कारण अर्थतन्त्र मात्रै नभई पार्टीकै आलोचना बढेको भन्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरूले असन्तुष्टि जनाउन थालेपछि प्रधानमन्त्री ओली अर्थमन्त्री फेर्ने निर्णयमा पुगेको स्रोतले जनाएको छ। 

स्रोतकाअनुसार प्रधानमन्त्री ओलीले अर्थमन्त्री खतिवडालाई उनको कार्यकाल थप नगरी विदाई दिने भएका छन। 'दुई बर्षका लागि राष्ट्रिय सभा सदस्य बनेका अर्थमन्त्री खतिवडाको कार्यकाल यहि फागुन २१ गते सकिदैछ, उनलाई थप ६ महिना अर्थमन्त्री बनाउने कानुनी बाटो खुला हुँदा हुँदै पनि नेकपाका अन्य नेताको दबाबका कारण उनलाई बिदाई दिने निर्णयमा प्रधानमन्त्री पुगेका छन' स्रोतले भन्यो।

राष्ट्रिय सभामा गोलाप्रथाबाट खतिवडाको कार्यकाल दुई वर्ष कायम भएको थियो। राष्ट्रिय सभाको पहिलो बैठक बसेको दिनबाट राष्ट्रिय सभाका सदस्यहरुको पदावधी प्रारम्भिक भएको मानिने संबैधानिक व्यवस्था छ। यसअनुसार राष्ट्रिय सभाको पहिलो बैठक २०७४ फागुन २१ गते बसेकाले २०७६ फागुन २१ मा अर्थमन्त्री खतिवडाको कार्यकाल सकिदैछ। तर थप ६ महिना मन्त्री बनाउने कानुनी बाटो खुला रहनेछ। 

बजेट र अर्थमन्त्री खतिवडाको कार्यशैलीका कारण जनतामा दुईतिहाइ बहुमतको सरकारबाट निराश हुँदै गएको जनाउदै नेकपाका सांसदहरुले अर्थमन्त्री फेर्नुपर्ने माग गरेका हु्न।  

अर्थमन्त्रालय मातहतका निकायमा आफुअनुकुल व्यक्तिलाई राखेर सिंगो अर्थतन्त्र नै आफु अनुकुल चलाउन खोजेको आरोप खेपेका अर्थमन्त्री खतिवडासंग सेयरबजारका लगानीकर्ता समेत असन्तुष्ट छन। सेयरका लगानीकर्ताहरुले समेत पटक पटक अर्थमन्त्री खतिवडाको राजिनामा माग्दै आएका छन। त्यस्तै अर्थमन्त्री खतिवडाले नेपाल राष्ट्र बैंक जस्तो स्वायत्त निकायलाई समेत प्रभावमा पार्ने गरि काम गरिरहेको मुद्राबजारका सरोकारवालाको आरोप छ।   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved