काठमाडौँमा साढे ६ हजार प्रहरी तैनाथ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 30, 2019 | 11:44:46 AM मा प्रकाशित

laxmi  sunrise bank

दशैँ, तिहार र छठ पर्व लक्षित नेपाल प्रहरीले सुरक्षा योजना लागू गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौं, ललितपुर र भक्तपुरले चाडपर्व लक्षित सुरक्षा योजना लागू गरेका हुन् । 

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी श्याम ज्ञवालीका अनुसार सम्भाव्य आपराधिक गतिविधि हुन नदिन सबै जसो युनिटबाट प्रहरी परिचालन भइसकेका छन् । नियमित पोशाकभन्दा सादा पोशाकमा यसवर्ष धेरै प्रहरी परिचालित छन् । 

प्रहरीको पैदल गस्ति, सवारी गस्ती, साइकल गस्ती, मोटरसाइकल गस्ती, मोटर गस्ती, सूचना संकलन गस्ती, एम्बुसिङ र निगरानी र उपत्यका भित्रिने नाकाहरुमा कुकुरसहितको जाँच टोली राख्ने भएको छ । सादा र नियमित पोशाकमा गरि राजधानीमा मात्रै ६ हजार ५ सयको संख्यामा प्रहरी परिचालन गरिएको जनाईएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved