सभामुख कृष्णबहादुर महरामाथि महिला कर्मचारी माथि करणीको गम्भीर आरोप लागेको छ। संसदमै काम गर्ने एक महिला कर्मचारीलाई उनकै डेरामा गएर जवर्जस्ती करणी गरेको भन्ने आशयको समाचार प्रकाशित भएको प्रति सभामुख सचिवालयले भने फितलो खण्डन जारि गरेको छ।
सभामुखलाई कल्पनै गर्न नसकिने निकै गम्भीर आरोप लगाई आएको समाचारले आफुहरु स्तब्ध भएको भन्दै निकालिएको खण्डनमा भनिएको छ,-यी निराधार, कपोलकल्पित र निकै गम्भीर आरोपप्रति कडा आपत्ति जनाउँदै त्यसमा कुनै पनि सत्यता नभएकोले यस्तो भ्रममा नपर्न सबैमा जानकारी गराउँदछु।
महिलाको डेरामै पुगेर करणी गरिएको भन्दै लगाइएको आरोपमा कुनै सत्यता नभएको सभामुखका प्रेश सलाहकार डिल्ली मल्लद्वारा जारि बिज्ञप्तीमा उल्लेख छ। आइतबार घटना भएको भनीएपनि सभामुख महरा असोज १२ गते आइतबार दिउँसो १२ बजे सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा गएको र दिउँसो २ बजेतिर वालुवाटार निवासमा फर्किएको बाहेक त्यसपछि अन्यत्र कहीँ नगएको पनि विज्ञप्तीमा उल्लेख छ।
'समाचारमा आएको जस्तो चश्मा, जुत्ताका कुरा पूरै निराधार भएको र उहाँको चश्मा आफैसँग रहेको र सभामुखज्यूले त्यसप्रकारको जुत्ता समेत प्रयोग नगरेको पनि यहाँ उल्लेख गर्न चाहन्छु, संघीय संसद सचिवालयमा स्वास्थ्य शाखाको कुनै दरबन्दी नभएको र संसद सचिवालयमा कार्यरत स्वास्थ्यकर्मीहरु र ती महिला कर्मचारीले समेत समायोजनको प्रसंग चल्दै गर्दा संसद सचिवालयमै स्वास्थ्यको दरबन्दी हुनुपर्छ भनी माग गरिरहेको अवस्था थियो । तर कर्मचारी समायोजनमा सामान्य प्रशासन र स्वास्थ्य मन्त्रालयले नै सबै प्रक्रिया मिलाउने हुँदा त्यसमा काम नगरेको भनी स्वास्थ्य शाखाका कर्मचारीहरु र ती महिला पनि असन्तुष्ट थिए। सोही असन्तुष्टिलाई लिएर सभामुखज्यूको बारेमा पूरै गलत, कपोलकल्पित र अनर्गल समाचार प्रवाह भएकोमा सभामुखज्यू समेत निकै दुखित र आश्चर्यचकित हुनुभएको छ।' बिज्ञप्तीमा भनिएको छ।
खण्डन गरि निकालिएको बिज्ञप्तिमा समाचार गलत भएको र आवश्यक कानुनी उपचार खोजिने भन्ने कहीं कतै उल्लेख नभएकाले सभामुखमाथी आरोप गम्भीर लगाइएपनि सचिवालयले भने फितलो खण्डन निकालेको छ।