को हुन महरालाई बलात्कारको आरोप लगाउने महिला ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 01, 2019 | 09:51:29 AM मा प्रकाशित

laxmi  sunrise bank

सभामुख कृष्ण बहादुर महारामाथि बलात्कारको आरोप लगाउने महिला स्वयम् सार्वजनिक भएकी छन। ती महिलाले सामाजिक संजाल मार्फत नै आफुले महारामाथि लगाएको आरोप सत्य भएको दाबि गरेकी छन।

महारामथी आरोप लगाउने ति महिलाको भनाई सहित समाचार लेख्ने एक अनलाइन मिडियाले परिचय गोप्य राखेपनि महिला स्वयमले भने सामाजिक संजाल मर्पह्त आफु सार्वजनिक भएकी छन। 

सामाजिक संजालमा उनको नाम रोशनी शाही नाम रहेको देखिएको छ। ति महिलाको फेसबुक प्रोफाइल हेर्दा महरासँग स्वास्थ्य उपचारका क्रममा भेटका केहि तस्विर समेत फेला परेका छन। 

रोशनी शाही तत्कालिन माओवादि निकट स्वास्थ्यकर्मी संगठन मध्येका एउटा संगठनको अध्यक्षको श्रीमती रहेको शाही निकटका एक व्यक्तिले बिजपाटीलाई बताएका छन। श्रीमानसंगको सम्बन्धमा खटपट भएकै कारण डिप्रेशनमा पुगेकाले उनले केहि समयअघि बिष सेवन गरेर आत्महत्याको प्रयास गरेको बताइएको छ। 

माओवादीकै नेताहरुसँग निकट सम्बन्धमा रहेकी रोसनीका श्रीमान भने कामको शिलशिलामा बाहिर रहेको पाइएको छ। श्रीमान बाहिर भएकै मौकामा महरा मदिरा लिएर ती युवतीको घरमा पुगेको महिलाको आरोप छ। यद्धपी महराको सचिवालयले भने महिलाको आरोपको खण्डन गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved