मध्यरातमा रोशनीको २२ स्ट्याटस, महरा निर्दोष भन्दै नेम्वाङलाई कारबाही माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 02, 2019 | 06:54:09 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराबाट पीडित भएकी भनिएकी रोशनी शाहीले बोलि फेरेकी छिन ।  महराले आफु माथि बलात्कार गरेको  आरोप  लगाएकी उनले एकदिनपछि आफूमाथि कुनै पनि दुर्व्यवहार नगरेको बताएकी हुन्। 

एक भिडियो अन्तर्वार्तामा उनले उनले आइतबार साँझ आफ्नो कोठामा कोही पनि नआएको र सभामुख महरासँग लामो समयदेखि भेटघाटसमेत नभएको दाबी गरेकी छिन। उनले रिसको झोकमा यस्तो आरोप लगाएको बताउदै ति सब निराधार भएको बताएकी छिन् । उनले त्यसमा कोही पनि भ्रममा नपर्न समेत आग्रह गरेकी छिन् । 

 आफूले डिप्रेसनको औषधी सेवन गरिररहेको र कर्मचारी समायोजनको क्रममा चाहेको ठाउँमा नपर्दाको रिसले आफूले गलत आरोप लगाएको बताएकी छिन् । महरा आफ्नो बुवा सरहको मानिस भएको बताउँदै उनले रिसको झोंकमा आफूले भनेका सबै कुरा गलत भएको बताएकी हुन् ।  

यसै विषयमा उनले मंगलबार मध्य रातमा २ दर्जन बढी स्ट्याटस लेखेकी छिन् ।  रातको १२ बजेर ५५ मिनेट स्ट्याटस लेख्न सुरु गरेकी उनको स्ट्याटसको सिलसिला  बिहान ३ बजेर २९ मिनेटमा अन्त्य भएको छ ।  अधिकांश स्ट्याटसमा उनले विभिन्न अनलाइन र युट्युबमा आएका सामग्री समेत शेयर गरेकी छिन् । उनले कुल २२ स्ट्याटस लेख्दा महरा निर्दोष रहेको र नेकपाका संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्वाङलाई कारवाही गर्न माग गरेकी छिन्  ।  

महराले राजिनामामा दिनलाई नेम्वाङले भूमिका खेलेको बताईएको थियो  ।  तर अब रोशनीले नेम्वाङ दुधले नुहाएको नभएकोले उनलाई बहु विवाहमा कारवाही गर्नु पर्ने बताएकी हुन्  ।  

हेर्नुस स्ट्याटसहरु  


१. सभामुख माथि लगाईएको अारोप झुठा कपोलकल्पित उनलाई सत्ताबाट पदच्युत गर्न गरिएको डिजाईन हो जसको लागि मलाई प्रयोग गरियो डर त्रास र धम्कि बाट कि तैले महरालाई बलात्कारको अारोप लगाईनस भने म लगायत मेरो स्रिमान समेत लाई ज्यान मार्ने धम्किको कारन मैले नचाहदा नचाहदै पनि झुठ बोलेको एउटा काङ्ग्रेसको मिडिया म बसेको ठाउँ पत्ता लगाउदै अायो तेहि भिडियोको कुरालाई लिएर सभामुख निर्दोष हुदाहुदै पनि दोसि ठहर्याईयो महरा सरले रक्सि ल्याएका पनि छैनन् न त उनी कुनै महिलाको कोठामा नै गएका छन् सत्य सत्य नै हो र सत्य यहि नै हो

२.के भुत्रा कार्बाहि के गर्या छन् र कार्बाहि महरालाई मात्रै नैतिकता लागू हुने अरुलाई नैतिकता नहुने बिना मगरले ६ महिनामा मेलम्चिको पानी ल्याउछु भन्थिन् दुई बर्स हुन लाग्यो पानी अा छैन के तिनले नैतिकताले राजिनामा दिनु पर्दैन ? प्रचन्डले 17 हजार कार्यकर्ता मारे के तिनलाई नैतिकता लागू हुदैन प्रम केपि ज्यु ले सिङ्गापुर बाट सरकार चलाउथे नियम बिपरित काम गर्दा के तिनलाई चाहिँ नैतिकता नहुने महरा सरले मात्रै नैतिकता देखाउनुपर्ने यो सरासर उप बाट सभामुख हुन खोज्ने रणनिति हो अब भन्डाफोर अभियानमा गईन्छ अब कसैको डर त्रास मा सत्य कुरा लुकाईन्न महरा सरले न्याय पाउनु पर्छ र पाउनु हुन्छ पनि

३. महराले केही गरेका छैनन् मलाई प्रयोग गरेर महरालाई बदनाम गर्न खोज्ने तत्व को पर्दाफास हुनेछ अति गर्नु अत्याचार नगर्नु

४.यहि चोर हो मेरो कोठा पत्ता लगाएर मलाई जबरजस्ति महराको बिरुद्दमा बोल्न बाध्य बनाउने रअ पत्रकार (यस संगै नेपाल प्रेस युनियनका महासचिब समेत रहेका हाम्रा कुरा अनलाइन प्रधान सम्पादक अजयबाबु सिवाकोटीको समाचार उने शेयर गरेकी छिन्, जसको शिर्षक छ 'सभामुखको कर्तुत सार्वजनिक गर्ने साहसिक पत्रकार यिनै हुन'


५. डा. बाबुराम भट्टराईले महरालाई कारबाही गर्न माग गरेको समाचार शेयर गर्दै उनले लेखेकी छिन् ' के को कार्बाहि किन कार्बाहि ? स्वम म नै हु तर म सभामुख बाट पिडित बनेको हैन महरालाई बदनाम गर्न रचिएको प्रपन्च मा मलाई फसाईयो'

६. नेकपाका उप नेता शुभाष चन्द्र नेम्वाङबारेको समाचार शेयर गर्दै उनले लेखेकी छिन् ' किन नचिन्ने उप नेता ज्यु महराले केही गरेका छैनन् स्वयम् म भिक्टिम ले बोल्दैछु बरु तपाईको बहुबिबाहको नालिबेलि को कथा सम्सदलाई जानकारि गराउनुस् तपाईं पनि दुधले नुहाएको गाई हैन'

७. Ashok Khadka असोक जि मलाई भाईरल हुने कहिले चासो भएन महरा सरले न्याय पाउनुहुन्छ वहालाई बदनाम गराउने उप देखि उप सम्म हुन्

८. के को कार्बाहि किन कार्बाहि ? स्वम म नै हु तर म सभामुख बाट पिडित बनेको हैन महरालाई बदनाम गर्न रचिएको प्रपन्च मा मलाई फसाईयो

९. बलात्कार चाहिँ होइन जानकारि दिलाउन चाहन्छु

१०. बहु बिबाह गर्ने उप नेतालाई पनि कार्बाहि गर्नुपर्छ न्याय दुबै लाई समान हुनुपर्छ

११. महरा सरले हैन बरु बहु बिबाह गरेका लाई कार्बाहि गर्नुपर्छ महरा सर मेरा गुरु बाउ हुन् यहि नै सत्य हो (नेकपाका उप नेता शुभाष चन्द्र नेम्वाङलाई लक्षित गर्दै )

१२. किन दिने राजिनामा म स्वयम् हु भिक्टिम तर महरा सरले हैन मलाई उप ले महरालाई बदनाम गर्न बाध्य बनाईयो काङ्ग्रेसको मिडियामा महरा बिरुद्द बोल्न लगाईयो अब हरेक महरा माथिको षडयन्त्रको पर्दाफास हुनेछ 

१३. महरा सरले न्याय पाउनुहुन्छ म नै हु मलाई फसाईयो र महरा सर बिरुद्द बोल्न लगाईयो सत्य यहि हो सत्य कहिले मर्दैन र झुक्दैन पनि

१४. अाज (मंगलबार) बिहान करिब 7 बजे एक जना लेडज र ईकजना पुरुष सिभिल ड्रेसमा अाउनुभयो वहाहरुले हामी तपाईको सेक्युरिटिको लागि अाएको भन्नुभयो र कोठामा बसाले पछि 10 -15 मिनेट पछि ६ जना सिभिल ड्रेसमा कोठामा बस्नुभयो अरु बाहिर कति हुनुहुन्थयो थाहा भएन वहाहरु सबै पुलिस फोर्सका सरहरु हुनुहुन्थयो म एक्लै भको बेला तेसरि ग्वारग्वारति अाएर मेरो कोठामा म एक्लैलाई अाईतबार सभामुखको बारेमा सोधपुछ गर्न लाग्नु भयो अाईतबार साझ के के भयो भनेर पटक पटक मलाई मेन्टलि टर्चर र दबाब तरिकाले सोधपुछ गरियो जब कि म एक्लै थिए मैले मेरो स्रिमान अाउनुहुन्छ अनि उतै चौकिमा अाएर कुरा गरौला भन्दा पनि सबै कोठा हरु को निरिक्षण गर्नुभयो जुन अाबसयक नै थिएन यसरी पटक पटक मलाई दबाब दिएर अलि धम्काएको जस्तो गरि चार किल्ला घटना भको ठाउँ को मुचुल्का बनाउनुभयो एउटा उच्च अोहदाका प्रहरी ज्यु हरुले मानसिक रुपमा टर्चर दिनुपर्ने नै थिएन कहिले मेरो घरबेटिलाई दुख दिने कहिले मलाई टर्चर दिने हिसाबले अाज बिहान जे गर्नुभयो तेसको बिरोध गर्न मन लाग्यो र बाटोमा पनि दुईचार जना वरिपरि लुकेर बसेका हुन्छन् तेति सारो पहरा राख्नुपर्ने अाबसयकता छैन न हामी चोर हौ न त लुटेरा हामी हाम्रो स्वतन्त्र रुपले हिड्न पनि नपाउने ? के तेस्तो गरेका छौ र ? र अाज मैले प्रेस मिट पनि गरिसके सबै कुरा प्रेसमा अाईसक्यो तसर्थ प्रहरी प्रशासनलाई मेरो अाग्रह छ अब अाईन्दा मेरो कोठामा अाउने मेरो घरबेटिलाई पटक पटक दुख दिने सोधपुछ गर्ने काम नगरौ मैले जाहेरि दिन मन लागे दिउला नत्र नदिउला तर मलाई मेरो घरबेटिलाई टेन्सन दिने काम नगरिदिनु होला धन्यबाद!

१५. जब म भिक्टिमले महरालाई कार्बाहिको माग गरेको छैन भने अरुलाई यश बिसयमा टाउको दुखाउनुपर्ने अाबसयकता छैन सडकमा बसेर दिन बिताउनु भन्दा किताब समातेर बसे फाईदा होला नाटक कसैले देखाउनु पर्दैन महरा सर निर्दोष छन्

१६. मेरो स्रिमान् अरु जस्ता छैनन् अरु भन्दा धेरै बुद्दिमान छन् जब हामी मा यो कुराले असर गर्दैन भने अरुले टाउको दुखाउनुपर्ने अाबसयकता छैन उजुरि किन परेन भनेर चिन्ता गर्नु पर्दैन हाम्रो बारेमा कसैले चिन्ता नगर्दा हुन्छ हामी अाफै सल्लाहले जे हुन्छ तेहि गर्छौ

१७. हामिलाई टेन्न छैन बाहिरकालाई किन टेन्सन लिनुपर्यो अर्काको बिसयमा धेरै चासो राख्नुभन्दा अाफ्नो काम गर्नेतिर लाग्नुहोला



१८. अनाबसयक मिडियाबाजि गरेर काम छैन मेरो कुरा हो मैले के गर्ने नगर्ने त्यो मेरो अधिकार हो यसमा सत्यता छैन मलाई जबरजस्ति फसाईएको छ महरासरको राजनिति धराप मा पार्न तिनको भन्डाफोर अभियान चलाउनेछु 


१९. प्रहरी पिडित कहाँ पुगेर हुदैन म‌ले किटानि जाहेरि दिए पछि मात्रै अाबसयक कार्बाहि सुरु हुन्छ महरा सर निर्दोस छन् यसमा मैले बाहेक अरुले बोल्न पाईदैन

२०. पागल भने पागल नै सहि तर महरा सरको राजनिति धरापमा छैन र हुदैन पनि



२१. हामी बिच को कुरामा अरुलाई यति धेरै चासो किन ? काम छैन बुहारि पाडाको के जाति भने जस्तो हैन मान्छे जात अर्काको खाल्डो खन्न सिपालु हुन्छन् पछि अाफै तेहि खाल्डामा पर्छन् जे जे कमेन्ट गर्न मन लाग्छ गर हामिलाई तिमिहरुका झारपाते कमेन्ट हेर्ने फुर्सद पनि छैन



२२. मैले किटानि जाहेरि नदिए सम्म महरालाई कसैले छुन पाउदैन हामी सल्लाह गर्दैछौ अरुले टाउको दुखाउनु पर्दैन तैपनि महरा सर निर्दोष छन् 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved