बन्दुक बोकेको फोटो राख्दै महराका छोराहरुले गरे युद्दमा जाने संकेत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 02, 2019 | 07:28:15 AM मा प्रकाशित

laxmi  sunrise bank

सभामुखबाट राजीनामा दिएका कृष्ण बहादुर महराका छोराहरुले ‘फेरि युद्धमा जाने’ संकेत गरेका छन् । उनका दुई छोरा निर्मल महरा ‘एटम’ र राहुल महराले फेसबुकमा बन्दुक बोकेको फोटो राख्दै यस्तो संकेत गरेका हुन् ।

उनीहरुले  राजनीतिमा अझ क्रान्तिकारी बन्न सबक दिएको भन्दै क्रान्तिकारीहरुसंग फेरी भेट हुने बताएका हुन् । उनीहरुले हतियारसहितको फोटो सेयर गरेर समयले नयाँ बाटो पकड भन्ने सन्देश दिएको र क्रान्तिकारीहरुसँग फेरि भेट हुनेछ भनेर लेख्नुले विप्लब समुहमा गई युद्धमा जाने संकेत गरेको केहि विश्लेषकको बुझाइ छ।

 महरामाथि यौन दुर्व्यवहारको आरोप लागेपछि उनीहरुले असली मित्र चिन्ने ठुलो मौका पनि मिलेको पनि बताएका छन् । त्यस्तै उनीहरुले बुख्याछ्याहरु खडा गरि क्रान्तिकारी नेताहरुको इतिहास समाप्त पार्ने बिदेशी शक्तिहरुको चलखेल पनि राम्रै देखिएको र नेपाली दलालहरु पनि चिनिएको बताएका छन् । 

यस्तो छ उनीहरुको फेसबुक स्ट्याटस: 

‘राजनैतिक इतिहासमा जनताकै पक्षमा अपूर्व त्याग गरियो, अकल्पनीय परिस्थितिको सामना पनि यही राजनीतिमा खेप्न्नु पर्यो, यो राजनीति भित्रको खेल रहेछ । आज व्यक्ति होइन, आस्था र विचारको धरोहर सम्झेर महरा सरको चिन्ता गर्ने, सामाजिक सञ्जालमा दृढतापूर्वक लड्ने, फोन खबरमा सम्झिने, पार्टी सङ्गठनद्वारा चिन्ता व्यक्त गर्ने, र मिडिया मार्फत सहयोग पुर्याई षड्यन्त्रको भन्डाफोर गर्न सहयोग पुर्याउने सञ्चारकर्मी, नेता, कार्यकर्ता, युवा, विद्यार्थी, विपक्ष दलका मित्रहरु चिन्ने मौका मिलेको छ । असली मित्र चिन्ने ठूलो मौका पनि मिलेको छ ।

बुख्याँचाहरु खडा गरि क्रान्तिकारी नेताहरुको इतिहास समाप्त पार्ने विदेशी शक्तिहरुको चलखेल पनि राम्रै देखियो र नेपाली दलालहरु पनि । यसले राजनीतिमा अझ क्रान्तिकारी बन्न सबक दिएको छ, शिक्षा लिएर जनताको पक्षमा अगाडि बड्न्ने प्रेरणा मिलेको छ । समयले नयाँ बाटो पकड भन्ने शन्देश दिएको छ, क्रान्तिकारीहरु सँग फेरि भेट हुने छ ।’

जेठो छोराको स्ट्याटस 


कान्छा छोराको स्ट्याटस : 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved