यस्तो रहनेछ आगामी ३ दिनको मौसम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 02, 2019 | 09:39:47 AM मा प्रकाशित

laxmi  sunrise bank

मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसमबारे पूर्वानुमान गरेको छ । दशैँ नजिकिएसँगै सर्वसाधारणहरु यसवर्षको दशैँ हिलाम्मे हुने हो कि भनेर अताल्लिरहेका बेला महाशाखाले आगामी ३ दिन मध्यमसम्मको वर्षा हुने अनुमान गरेको छ । 

बुधबार

दिउँसोः देशको पश्चिमी भूभागमा सामान्य बदली, मध्य तथा पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमका केही स्थानमा साथै मध्य तथा पूर्वी भूभागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । पश्चिमी तथा पूर्वी पहाडी भूभागका १ वा २ स्थानमा मेघगर्जनसहित चट्याङको सम्भावना छ ।

रातिः  देशभरि आंशिकदेखि सामान्य बदली रही मध्य तथा पूर्वका थोरै स्थानहरुमा साथै पश्चिमी पहाडी भूभागका १ वा २ स्थानमा हल्का वर्षाको सम्भावना छ।

बिहिबार 

दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रही मध्य तथा पूर्वका थोरै स्थानहरुमा साथै पश्चिमी पहाडी भूभागका १ वा २ स्थानमा हल्का वर्षाको सम्भावना छ ।

रातिः  देशको मध्य तथा पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना छ। पश्चिमी भूभागमा आंशिक बदली रहनेछ ।

शुक्रबार 

दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रही पूर्वी भू–भागलगायत मध्य पहाडी भूभागका थोरै स्थानमा साथै पश्चिमी पहाडी भूभागका १ वा २ स्थानमा हल्का वर्षाको सम्भावना छ ।

रातिः  देशको मध्य तथा पूर्वी भुभागमा आंशिकदेखि सामान्य बदली रहने र केही स्थानमा हल्का वर्षाको सम्भावना छ। । पश्चिमी भूभागमा आंशिक बदली रहनेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved